सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

होसन्ना चर्चको आराधनामा आधारित म्युजिक भिडियो विमोचन

काठमाडौं, २१ जुलाई २०२१ । काठमाडौंस्थित होसन्ना चर्च मिनिष्ट्रिजले आफ्नो २५औं रजत महोत्सवको अवसर पारेर स्वर्गीय पास्टर रोर्बट कार्थक र शामुएल डन कार्थकमा समर्पित गर्दै आराधनामय गीतको म्युजिक भिडियो आज एक समारोहकाबिच विमोचन गरेको छ । सो आराधनामा...

सिएमएसको उपत्यका भेला सम्पन्न सुमित नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौं, ११ जुलाई २०२१ । ख्रीष्टियन मिडिया सोसाइटीको काठमाडौं उपत्यका भेला आज सम्पन्न भएको छ । सो भेलाबाट सुमित नेपालीको अध्यक्षतामा पछिबाट सचिव पद पदपूर्ति गर्ने गरी ९ सदस्यीय समिति निर्वाचित गरिएको छ । निर्वाचित सो समितिमा उपाध्यक्ष विश्वास...

बिलिभर्स इस्टर्न चर्चद्वारा एक सय घरपरिवारलाई राहत वितरण

काठमाडौं, ८ जुलाई २०२१ । कोभिड १९ को दोस्रो महामारीको लहरका कारण अति खाँचोमा परेका एक सय घरधुरीलाई बिलिभर्स इस्टर्न चर्च बुढानिलकण्ठद्वारा राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । बिलिभर्स इस्टर्न चर्च बुढानिलकण्ठका फादर दिपेश सुनुवारका अनुसार हिजो...

पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली समाजका बहुआयामिक र बहुप्रतिभावान इतिहासका धरोहर पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर...

जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण

काठमाडौं, ४ जुलाई २०२१ । कोभिड-१९ को दोस्रो लहर फैलिएपछि नेपाल सरकारले लगाएको लामो लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरीखाने अप्ठयारोमा परेका श्रमिक वर्गलाई लक्षित गर्दै नेपालका असल मित्रहरू नामक संस्थाले खाद्यान्न वितरण गरेको छ । हिजो शनिबार...

बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न

भद्रपुर, ३ जुलाई २०२१ । बिलिभर्स इस्टर्न चर्च भद्रपुरले लामो समयसम्म लकडाउन लम्बिएकोले अभावमा परेका अशक्त बृद्ध वृद्धा, अपाङ्ग, एकल महिला र बेरोजगार ३४ परिवारलाई राहत बितरण गरेको छ । भद्रपुर नगरपालिका वार्ड नं. ३, ७, ८ र १० मा बसोबास गर्ने अति बिपन्न...

नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन

१८ मे २०२१, काठमाडौं । नेपालीे ख्रीष्टियन जगतका एक धरोहर तथा कहिल्यै नमेटिने इतिहास बोक्नु भएका महान सेवक नेपाल इसाई मण्डलीका वरिष्ठ पास्टर रोबर्ट कार्थक ९५ वर्षको उमेरमा भौतिकरुपमा आज प्रभुमा विश्राम लिनुभएको छ । नेपाली इसाई मण्डली गोगंबुका पास्टर...

कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने

कीर्तिपुर, ३ जेठ २०७७ । कीर्तिपुरमा अवस्थित चर्चहरूका बिचमा संगति, प्रेम, भातृत्व र मानव सेवाका लागि स्थापित कीर्तिपुर चर्चेस फेलोशिप (कीर्तिपुर इसाई समुदाय) ले कोभिड १९ को नयाँ भेरियण्टबाट ग्रसित यस क्षेत्रका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले...

वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने

काठमाडौं, मे ८, २०२१ । हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ । यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ । नदीको मुहानको नजिक रहेका...

महासंघको पुनरुत्थान महोत्सव–२०७७ सम्पन्न

काठमाडौं, ४ अप्रिल २०२१ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज अप्रिल ४ तारिख अर्थात चैत्र २२ गतेका दिन नेपाली काङ्ग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा पुनरुत्थान महोत्सव २०७७ समारोहको कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको...