२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दाङको ऐतिहासिक प्रतापी चर्चले मनायो ५० औँ स्वर्ण महोत्सव

 हरि जिज्ञासु, चैत्र २५ दाङ ।। दाङ जिल्लाको पहिले चर्च प्रतापी चर्चले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ ।

वि.सं.२०२९ सालमा स्थापनामा भएको दाङको पहिलो चर्चले आज आइतबार घोराहीको सभा हलमा बृहत कार्यक्रम आयोजना गरी ५० औँ स्वर्ण महोत्सव मनाएको हो । प्रतापी चर्चका बरिष्ठ पास्टर नरबहादुर शाहको सभाध्यक्षता रहेको स्वर्ण महोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री राजु खनाल रहनुभएको थियो भने घोराही महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, नेपाल ख्रीष्टियन समजाका अध्यक्ष ओमप्रकाश सुब्बा सहित अन्य विशिष्ठ अतिथिको रुपमा रहनुभएको थियो ।

प्रमुख अतिथि मन्त्री खनालले प्रतापी चर्च स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै राज्यले सबै धार्मिक समुदायलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सरकार देशको अभिभावक हो र राज्यले सबै धार्मिक समुदायलाई समान दृष्टिकोणले हेर्नुपर्छ ।”

त्यसैगरी विशिष्ट अतिथि घोराही महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रतापी चर्च ५० औँ वर्ष पुगेको उपलक्ष्यमा बधाई दिदैँ घोराहीमा कुनै पनि धार्मिक समुदायले अपहेलित महसुस गर्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको धर्म हुदैन र राज्यले सबै धार्मिक समुदायलाई समान दृष्टिकोणले हेर्नुपर्छ । घोराहीमा चर्च निर्माण र समाधी स्थलको लागि उपमहानगरले सक्दो बजेट विनियोजन गरेको छ ।”

त्यसैगरी प्रमुख वक्ताको रुपमा निट्स बाइबल कलेजका संस्थापक रेभ. डा. नरीराम लुहार विनोद रहनुभएको थियो । रेभ. डा नरीराम लुहार बिनोदले प्रतापी मण्डलीले ५० वर्ष पार गरेकोमा बधाई दिदैँ परमेश्वरको वचनबाट पाठ गर्नुभएको थियो ।

५० औँ स्वर्ण महोत्सवको अवसरमा ख्रीष्टियन समाज कर्णाली प्रदेशका अध्यक्ष पदम गैरे, रामघाट मण्डली पोखराका डा. दीपेन्द्र गौतम, ए.जी एन. नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रेभ. पास्टर जंग बहादुर चौधरी, अयालोन ए.जी चर्चका पास्टर सालिकराम शाहु, दाङ जिल्ला इसाई समुदायका अध्यक्ष सन्त बहादुर घर्ती लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वर्ण महोत्सव कार्यक्रममा प्रतापी मण्डलीमा सेवा पुर्याउने पास्टर तथा अगुवाहरुलाई सम्मान सहित कदरपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रतापी चर्चले ५० औ वर्ष पार गर्दा दुःख, संघर्ष र सहजताका तस्बिर सहितको अडियो किलिस्प समेत सार्वजनिक गर्नुको साथै स्मारिका समेत बिमोचन गरिएको छ । परमेश्वरको आराधना सहित नृत्य समेत प्रस्तुत गरिएको उक्त ५० औँ स्वर्ण महोत्सव कार्यक्रम सुभाष नेपालीको संयोजकत्वमा भएको थियो भने कार्यक्रमलाई सहजीकरण प्रतापी मण्डलीका कोषाध्यक्ष समेत रहनुभएका मानु सेर्पाइलीले गर्नुभको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...