सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दुई दिने मिडिया सम्मेलनको आयोजना

ललितपुर २५, बैसाख ।। ख्रीष्टियन जर्नलिस्ट फेलोसिप द्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन आज मंगलबार ललितपुरमा सुरु भएको छ । काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागितामा ख्रिष्टियन जर्नलिस्ट फेलोसिप नेपालले दुई दिने मिडिया सम्मेलनको आयोजना गरेको हो । आयोजित दुई दिने सम्मेलनमा ख्रीष्टियन मिडियाको संघर्ष र अवसर सहित ख्रीष्टियन मिडियार्कीहरुले इसाई समुदायको पक्षमा खेल्नुपर्ने महत्वपूर्ण भुमिकाको विषयमा छलफल गरिनेछ । ख्रीष्टियान मिडियालाई आत्मनिर्भर बनाउन र आफ्नै सेटालाइट टि.भि सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ । ख्रीष्टियन मिडिया सम्मेलनको पहिलो दिन एन.सि एफ नेपालका महाससचिव सेर ए.सीले ख्रीष्टियन मिडियाकर्मीहरुको लेखन र प्रस्तुतिकरणमा ध्यान पु¥याउनुपर्ने विषयमा बोल्नुभएको थियो । त्यसैगरी नेपाल ख्रीष्टियन समाजका उपमहासचिव राजेन्द्र मल्लले ख्रीष्टियन पत्रकारहरु ज्योतिको रुपमा भएर सकारात्मक समाचार सम्प्रेशन गर्नुपर्छ भन्ने विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट बचन बोल्नुभएको थियो । भर्चुवल माध्यमबाट पनि जोडिन सकिने दुई दिने सम्मेलन भोली २६ गते बुधबार सकिनेछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...