२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने

काठमाडौं, मे ८, २०२१ । हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ । यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ । नदीको मुहानको नजिक रहेका इलाकाहरूमा ज्यादा खतरा छ । ब्रिटेन, अष्ट्रिया र पेरु समेत दुनियाँ भरका विभिन्न विश्व विद्यालयका वैज्ञानिकहरूले एक गहन अध्ययनको आधारमा चेतावनी दिएका छन् ।

यिनमा नेपाल, चीन र भारतमा पनि एउटा ठुलो आबादीलाई यी तालहरूबाट उत्पन्न हुन सक्ने बाढीको खतराको बारेमा सुचित गरिएको छ । वैज्ञानिकहरूका अनुसार ३० वर्षमा संसारभर यस्ता तालहरूको संख्या ५० प्रतिशत सम्म बढेका छन् । वैज्ञानिकहरूले रिमोट सेंसिंग र सैटलाइट मार्फत यी तीन देशहरूमा यस्ता करिब ३,६२४ ग्लेशियल तालहरू अर्थात ग्लेशियर पग्लिएर बनेका तालहरू पत्ता लगाएका छन् । यिनमा सबैभन्दा बढी २,०७० तालहरू नेपालमा छन् । जो कोशी, गण्डकी र कर्णाली नदीको तटीय क्षेत्रको नजिक बसेका बस्तीहरूका लागि खतरा बन्न सक्छ । चीनमा यस्ता १,५०९ तालहरू छन् जब कि भारतमा ४५ तालहरू पत्ता लगाएका छन् । चीन र भारतमा यी तालहरू तिब्बत स्वायत क्षेत्रमा बनेका छन् ।

एक्सटर विश्वविद्यालयका जलवायु परिर्वनका बिशेषज्ञ प्रो.स्टिफन हैरिसन यसो भन्दछ, “केही तालहरू धेरै खतरनाक स्तरमा छन् ।” जसको अनुमान गर्न कठिन छ । यी तालहरू कुनै पनि समयमा फुट्न सक्छन् । भारतबाट प्रकाशित हुने दैनिक भास्करका अनुसार एण्डिज र हिमालय पर्वत श्रृंखलामा यसको खतरा धेरै छ ।

– नरेश दुवाल

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...