२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

रेभ.डा.नरीराम लुहार ‘बिनोद’ लाई विश्व रेकर्ड प्रमाण–पत्र तथा अवार्ड हस्तान्तरण

कञ्चनपुर । नेपालको सुदूरपश्चिम प्रदेशस्थित भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा रहेको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा हिजो फागुन ८ गते (२० फेब्रुवरी २०२४) मंगलबारका दिन रेभ.डा.नरीराम लुहार ‘बिनोद’ लाई  विश्व रेकर्ड प्रमाण–पत्र तथा अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

केएमएम मिनिष्ट्रिज र निट्स विश्वविद्यालयका संस्थापक तथा निर्देशक रेभ.डा.नरीराम लुहार ‘बिनोद’ को सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सुरुको प्रार्थना रेभ.बल बहादुर कुमालले गर्नुभएको थियो । सुदुरपश्चिम.प्रदेश सभाका सदस्य माननीय हिरा सार्की प्रमुख अतिथिको रुपमा रहनुभएको उक्त कार्यक्रमको विशिष्ट अतिथिहरुमा बिलिभर्स डायोसिस सु.प.प्रदेश निर्देशक फादर बिर बहादुर सुनार, सिद्धनाथ सा.व.उ.स.का निवर्तमान अध्यक्ष श्री भवानीदत्त जोशी, ने.का. भिमदत्त ९ नं. वडाका निवर्तमान सभापति तथा सिद्धनाथ मन्दिर संरक्षण समितिका निवर्तमान अध्यक्ष श्री केशब नायक, बरिष्ठ समाजसेवी तथा बुद्धिजीवी श्री मान सिंह रावत, भिमदत्त न.पा. ९ नं. वडा अध्यक्ष श्री गगन सिंह कार्की, ने.का. पूर्व जिल्ला सदस्य, नेपाल दलित संघका निवर्तमान अध्यक्ष तथा ने.का. क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि श्री रमेश दयाल, बरिष्ठ समाजसेवी तथा दलित संघका क्षेत्रीय उपाध्यक्ष श्री बिर बहादुर सुनार र कञ्चनपुर इसाई समाज शाखा भिमदत्त नगरका अध्यक्ष तथा निट्स विश्वविद्यालयका रजिष्ट्रार रेभ. महेश राम लावड हुनुहुन्थ्यो ।

पा.खुसी राम चौधरीद्वारा उद्घोषित उक्त कार्यक्रमका सभाध्यक्ष रेभ.डा.लुहारले विभिन्न विधाहरुमा हासिल गर्नुभएका निम्न बमोजिमका ७ वटा विश्वप्रसिद्ध उपलब्धिहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरुको बाहुलीद्वारा हस्तान्तरण गरिएको थियो ।

१. Lifetime Achievement Award (आजीवन उपलब्धी पुरस्कार) यो पुरस्कार संयुक्त राष्ट्र पर्वावरण कार्यक्रमका कार्यकारी निर्देशनद्वारा चयन गरी प्रदान गरिने गरिन्छ । यो पुरस्कार दुई दशकभन्दा बढ़ी समयसम्म मानवीय सेवा गरेको कारण प्रदान गरिन्छ तर हाल अहिले लण्डन बुक अफ वल्र्ड रेकर्डको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’को सेवामय जीवनलाई सुक्ष्म अध्ययन र मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।

२. Global Excellence Award (विश्वव्यापी उत्कृष्ट पुरस्कार) यो पुरस्कार एक उल्लेखनीय पहल हो । विभिन्न व्यावसायीहरु, उद्यमीहरु र सेवाप्रदायकहरुलाई उनीहरुको सम्बन्धित क्षेत्रहरुमा असाधारण प्रदर्शन र उपलब्धीहरु पहिचान गरी दिइने पुरस्कार हो तर हाल यूएसए बुक अफ वल्र्ड रेकर्डको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’को सेवाकार्य जीवनको मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।

३. International Achiever Award (अन्तर्राष्ट्रिय उपलब्धी पुरस्कार) यो एक प्रतिष्ठित भारतको राष्ट्रिय पुरस्कार हो जसले स्वास्थ्य, शिक्षा, समाजसेवा, उद्यमशिलता, सक्रियता र एकता जस्ता विभिन्न क्षेत्रहरुमा राष्ट्र र समाजको सेवा गर्न अग्रसर हुने नागरिकहरुको प्रयास र समर्पणको मान्यता दिइँदै दिइने पुरस्कार हो तर हाल अहिले ज्ञान उदय फाउण्डेसनले रेभ.डा. नरीराम लुहार ‘बिनोद’को सेवालाई उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।

४. Christian Apologist Award (इसाई अपोलोजिष्ट पुरस्कार) यो विधा विशेषगरी कसैको पक्षमा बोल्ने, वकालत गर्ने, लेख्ने र विवादास्पद तथा आलोचनात्मक विषयबस्तुहरुको प्रतिवाद गर्ने प्रखर व्यक्तित्वहरुलाई दिइने गरिन्छ । तर हाल अहिले इण्डियन आइकन अवार्ड अन्तर्गत ज्ञान उदय फाउण्डेसनको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’को इसाईत्वको शिक्षालाई सुक्ष्म अध्ययन र मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।

५. Best Writer Award (सर्वोत्कृष्ट लेखक पुरस्कार) यो पुरस्कार साहित्यिक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय योगदान गरेको आधारमा पुरस्कृत गरिन्छ । सन् १९०१ देखि वार्षिक रुपमा अल्फ्रेड नोबेलको इच्छाअनुसार स्थापित भएको थियो । यो पुरस्कार उत्कृष्ट लेखकहरुलाई प्रदान गरिन्छ तर हाल अहिले राडियण्ट ट्यालेण्ट बुक अफ रिकर्डस्ले रेभ.डा. नरीराम लुहार ‘बिनोद’लाई लुहार जातिमा छोटो समयमा धेरै पुस्तकहरु लेखेको कारण उहाँको उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।

६. Best Public Speaker Award (उत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार) समाजमा प्रचार र सन्देशद्वारा सकारात्मक परिवर्तन ल्याउन अहम् भूमिका निर्वाह गर्ने प्रखर तथा दक्ष व्यक्तित्वहरुलाई दिइने पुरस्कार हो तर हाल प्राइड अफ भारत अवार्डको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’लाई उहाँको सार्वजनिक रुपमा प्रचार र सन्देश सम्प्रेषण गरेकोले उहाँको उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।

७. International Human Right Award (अन्तराष्ट्रिय मानव अधिकार पुरस्कार) यो पुरस्कार संयुक्त राष्ट्र संघले विश्वव्यापी रुपमा मानवीय क्षेत्रमा उनीहरुको हकहित र अधिकारका लागि वकालत गर्ने, कटिबद्ध भई लागि पर्ने कर्मठ व्यक्तित्वहरुलाई मात्र प्रदान गरिने पुरस्कार हो तर हाल कुमोडिनी एजुकेशन ट्रष्टद्वारा रेभ.डा. नरीराम लुहार ‘बिनोद’लाई सामाजिक कार्यकर्ताको रुपमा उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।

सभाध्यक्षले प्रमुख अतिथि लगायत सम्पूर्ण विशिष्ट अतिथिहरुलाई कदर–पत्र हस्तान्तरण गरी आफ्नो संक्षिप्त भनाई राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो । अन्तमा विशिष्ट अतिथि फादर बिर बहादुर सुनारले पवित्र बाइबलबाट केही उत्साहपूर्ण सन्देश पस्कँदै समापन र आशिषको लागि अन्तिम प्रार्थना गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...