२०८१ बैशाख १५, शनिबार
2024 April 27, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

काठमाण्डौंमा संयुक्त आराधना सेवा सम्पन्न

माघ ५, काठमाण्डौं । काठमाण्डौंमा आज शनिबारका दिन ललितपुर र काठमाडौंका १२ वटा चर्चहरु मिलेर एकै ठाउँमा संयुक्त आराधना सेवा सम्पन्न गरेका छन् ।

विशेषगरी मण्डलीहरु एकतामा रहन र एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने उद्देश्यले उक्त संयुक्त आराधना संगतिको आयोजना गरिएको हो । विभिन्न १२ वटा मण्डलीका सदस्यहरु एकै ठाउँमा भेला भएर संयुक्त रुपमा परमेश्वरको आराधना गर्न पाउँदा मण्डलीका सदस्यहरु उत्साहित भएका थिए ।

मण्डलीहरु एकतामा रहनुपर्छ भन्ने सन्देश दिनको लागि संयुक्त रुपमा संगतिको आयोजना गरेको काठमाडौंस्थित इभाञ्जेलिकल मित्र मण्डलीका पास्टर धन बहादुर थापा आमेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संयुक्त रुपमा गरिने साप्ताहिक संगतिले एकले अर्कासँग चिनजान हुने र एकले अर्काको अस्तित्व स्वीकार गर्न मद्दत पुग्नेछ ।”

त्यसैगरी यो संयुक्त आराधना सेवा संगतिका मुख्य बक्ता पास्टर पूर्ण रसाइलीले पहिलो पटक १२ वटा मण्डलीहरु जोडिएपनि अर्को पटक अन्य मण्डलीहरु पनि जोडिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संयुक्त आराधना सेवा संगति सुरु गरेका छौं, अन्य मण्डलीहरु पनि जोडिदै जानुहुनेछ । धेरै मण्डलीहरु मिलेर एकै ठाउँमा संगति गर्नुले एकताको भावना बढ्छ र एकले अर्काको अस्तित्व स्वीकार गर्न समेत मद्दत पुग्छ ।”

आज शनिबार आयोजना गरिएको यो संयुक्त आराधना सेवा हरेक वर्ष दुई पटक आयोजना गरिने योजना रहेको पास्टर प्रेम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मोटामोटी रुपमा वर्षमा दुई पटक आयोजना गर्ने भन्ने छ तर यसको विषयमा छलफल गरेपछि मात्र थाहा हुन्छ ।”

संयुक्त रुपमा आयोजना गरिएको आजको साप्ताहिक सेवा संगतिमा विभिन्न मण्डलीका युवाहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । त्यसैगरी संयुक्त रुपमा प्रभुभोज सेवा समेत भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...