२०८१ बैशाख १५, शनिबार
2024 April 27, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

१४औँ वार्षिकोत्सव तथा पुस्तक विमोचन सम्पन्न

कञ्चनपुर । ख्रीष्ट महिमा मण्डलीको १४औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा वि.सं. २०८० पुस २१ गते (ई.सं. ६ जनवरी २०२४) शनिबारका दिन १४औँ पुस्तक विमोचन समारोह ब्रह्मदेव, कञ्चनपुरमा सम्पन्न भएको छ । लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ले पवित्र बाइबल सम्मत लेख्नुभएको १४औँ पुस्तक “मिशनरी मानव–वंशशास्त्र”को विमोचन भएको हो । २ चरणमा सुरु भएको कार्यक्रमको सञ्चालन पा.खुसीराम चौधरीले गर्नुभएको थियो ।

रेभ.डा. लुहारले सभाध्यक्षता गर्नुभएको उक्त कार्यक्रमकोे प्रमुख अतिथिको रुपमा मेजोरम, भारतका आदरणीय व्यक्तित्व विगत लामो समयदेखि नेपालमा बसेर मानवीय र सामाजिक सेवा पु¥याउँदै आउनुभएका रेभ.डा. लाल लुरा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा आदरणीय डा. मायालु खड्का, प्रसिद्ध गायक जनक ताम्राकार, निट्सका प्रोफेसर आथुई हिचए, राष्ट्रिय समितिका उपाध्यक्ष श्री दुर्गा लुहार, सचिव श्री लक्ष्मण पार्की, सह–सचिव श्री रन्जिता राना, कोषाध्यक्ष श्री सन्जय ओड, सदस्य श्री शारदा भुल हुनुहुन्थ्यो ।

त्यसैगरी निट्सका केन्द्रीय एड्मिन पा. बिस राम भुल, केएमएमका सेक्रेटरी श्री भरत लुहार, निट्स लुम्बिनी प्रदेशका निर्देशक पा.भुप ब. घर्तीमगर, निट्स गण्डकी प्रदेशका निर्देशक पा. मोतीराम बि.क. ‘तिमोथी’, निट्स कर्णाली प्रदेशका निर्देशक श्री शिमशोन शर्मा, मण्डली सशक्तिकरण अभियान सु.प.का संयोजक पा. प्रदिप तामाङ्ग र निट्सका प्रोफेसर पा. राजकुमार बि.क. अतिथिको रुपमा रहनुभएको थियो । गायक श्री जनक ताम्राकारको गायन प्रस्तुतिसँगै बाबु–नानीहरुको सामूहिक नृत्य पनि कार्यक्रमको बीच–बीचमा प्रस्तुतिले कार्यक्रमको शोभा बढ़ेको थियो ।

नेपाल र भारतका गरी करीब २० जिल्लाका आदरणीय पास्टर र सेवकहरु गरी २०० जना सहभागीहरुको प्रत्यक्ष उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि र २ जना विशिष्ट अतिथिद्वयको संयुक्त बाहुलीबाट पुस्तक विमोचन भएको थियो भने सभाध्यक्ष लगायत ३ जना विशिष्ट अतिथिहरुको संयुक्त बाहुलीबाट सबै सेवकहरुलाई उपहारहरु वितरण गरिएको थियो ।

अन्तमा सभाध्यक्षले विशिष्ट व्यक्तिहरुलाई विशेष उपहारहरु हस्तान्तरण, आगन्तुक अग्रज पाहुनाहरुलाई कदर–पत्र र मायाको चिनो हस्तान्तरण गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो भने समापन, आशिष र अन्तिम प्रार्थना आदरणीय प्रमुख अतिथिले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...