२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

देव श्रेष्ठलाई पुन अध्यक्षमा चुन्दै शालोम संगति नेपालको पाँचौ साधारण सभा सम्पन्न

काठमाडौं । शालोम संगति नेपाल (पास्टर–अगुवा सञ्जाल)को काठमाडौंको चुनिखेलस्थित निगाह मिसन चर्चमा आज पाँचौं साधारण सभा सम्पन्न भएको छ ।

सो साधारणसभाबाट पास्टर देव श्रेष्ठलाई पुन दुई वर्षे कार्यकालको लागि दोश्रो पटक अध्यक्ष पदमा चयन गरेको हो । आजको सभाले पास्टर देव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकारिणी समितिको चयन पनि गरेको छ । जस अनुसार उपाध्यक्ष पदमा पास्टर प्रकाश तिरुवा र पास्टर बिनोद कटुवाल, सचिवमा एल्डर सुरज देवाली, सहसचिवमा पास्टर गोपिलाल श्रेष्ठ, कोषाध्यक्षमा पास्टर दिपेन्द्र गुरुङ, सहकोषाध्यक्षमा पास्टर राजेन्द्र आले, सदस्यहरूका एल्डर युवराज बराइली, पास्टर सुमन श्रेष्ठ, पास्टर रङ्ग लोहार र पास्टर भिम सुनुवार चुनिनुभएको छ ।

नयाँ कार्यसमिति चयन हुनुभन्दा अघि शालोम संगति नेपालको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । भने पुन अध्यक्ष पदमा निर्वाचित हुनुभएपछि नवनिर्वाचित अध्यक्ष पास्टर देव श्रेष्ठले यो शालोम संगतिको भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी विभिन्न व्यक्तिहरुबाट शुभकामना मन्तब्य पनि राख्नुभएको थियो भने अन्तिम प्रार्थना र आशिषको प्रार्थना पास्टर साइमन गुरुङले प्रार्थना गर्नुभएपछि सो सभा समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...