२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

तीन दिने युथ लिडरशिप समिट सुसम्पन्न

ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगती युवा आयोगको आयोजनामा २०८० फागुन ७,८ र ९ गते आराधना चर्च, ललितपुरमा तीन दिने युथ लिडरशिप समिट सुसम्पन्न भएको छ ।

केन्द्रिय युवा आयोगका अध्यक्ष श्री लाजरस तामांगको अध्यक्षता र एन. सी.एफ.नेपालका केन्द्रिय अध्यक्ष रेभ. हनोक तामांगको प्रमुख आतिथ्यमा सुरू भएका वक्ताहरू एन. सि. एफ. नेपालका केन्द्रिय सचिव रेभ.विर वहादुर तामांग , महासचिव रेभ. शेर ए.सी, सल्लाहकार रेभ. ज्ञान वहादुर सुनुवार , हिमालयन ईसाइ मण्डलीका पाष्टर ईश्वर सुनुवार , वल्ड ईभान्जेलिकल एलाएन्सका युवा आयोगका सहजकर्ता रेभ. आशिष हिर्दे, अगुवापन विकाश तालिम केन्द्रका निर्देशक मनोज प्राधानंग , पाष्टर सुकदेव गिरी लगायतका व्यक्तित्वगरू हुनुहन्थ्यो । प्यानल डिस्कशनकामा संचारकर्मी तथा उपाहार टि.भि.का निर्देशक कुमार सिंह विष्ट हुनुहन्थ्यो ।

तीन दिनसम्म आराधना सेवामा आराधना मण्डलीका क्वायर टिम र वरियर व्याण्डले डोर्याएका थिए । कार्यक्रमका मुख्य विषय” धादोमा उभिनु “ Stand in the Gap” राखिएको थियो । कार्यक्रमको विषयवस्तु एकदम सान्दार्भिक र फरक शैलीमा प्रस्तुत गरिएको कार्यक्रम एकदम आशिषमय भएको सहभागिहरुले बताएका छन । सातवटै प्रदेशवाट समिटमा २०० जना युवा अगुवाहरूको सक्रिय सहभागिता रहेको आयोजक टिमले बताएका छन । विभिन्न मण्डली समुह, संघसस्थाहरूवाट उद्धाटन समारोहमा आमन्त्रण गरिएको थियो  ।

उद्घाटन समारोहका विशेष अतिथि तथा एन. सि.एस. नेपालका महासचिव पा. डिल्लीराम पौडेल ज्युले “अब युवाहरू प्रार्थना सहित प्रभुको सेवामा लाग्नु पर्छ ।” भनेर मन्तव्यका क्रममा सहभागिहरूलाई उत्साह र चुनौती दिनु भएको थियो ।

समिटमा वचनका सेवाहरु ,समुहगत छलफल , समुहगत प्रस्तुती र प्यानल छलफल जस्ता सहभागीमुलक कार्यक्रमहरू संचालन गरिएका थिए । विशेषतः युवा पुस्ताहरूका समसामयिक र सान्दार्भिक समस्याहरूका विषयमा छलफल पश्चात आगामी दिनहरूमा सामुहिक र सहकार्यमा युवाहरुको सर्वांविण विकाश र हितका लागि एकताबद्द भएर अगाडी बढ्ने निष्कर्श र प्रतिवद्दतासाथ कार्यक्रम समापन गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...