२०८१ बैशाख १५, शनिबार
2024 April 27, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

रेभ.डा. नरीराम लुहार ‘बिनोद’को १६ औँ पुस्तक विमोचन

दाङ । दाङ जिल्लाकै पहिलो र ऐतिहासिक प्रतापी मण्डलीको सभा हलमा आज मिति वि.सं.२०८० फागुन २१ गतेका दिन १२ पटक १२ वटा फरक विश्व रेकर्ड होल्डर “इस्राएलको इतिहास” भन्ने १६ औँ पुस्तकका लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’को पुस्तक विमोचन कार्यक्रम सु–सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा दाङ जिल्लाकै ऐतिहासिक प्रतापी मण्डलीका आदरणीय बरिष्ठ पास्टर नर बहादर शाहले सुरुको प्रार्थना गरी विधिवत् र औपचारिक रुपमा सुरु भएको कार्यक्रमका बारे उद्घोषक पास्टर श्याम घर्तीले जानकारी गराउनुभयो । अनुग्रह सुसमाचार मण्डलीका पास्टर, घोराही नगर इसाई समुदायका अध्यक्ष, निट्स विश्वविद्यालय लुम्बिनी प्रदेश निर्देशक तथा सन् २०२२ का गोल्ड मेडलिष्ट पास्टर भुप बहादुर घर्ती मगरको सभाध्यक्षता र बलिदान ए.जी. मण्डलीका आदरणीय पास्टर तथा लुम्बिनी प्रदेश इसाई समुदायका अध्यक्ष जंग बहादुर चौधरीको प्रमुख अतिथ्यमा भएको उक्त लुम्बिनी प्रदेशकै ऐतिहासिक कार्यक्रमको विशिष्ट अतिथिहरुमा दाङ जिल्लाकै ऐतिहासिक प्रतापी मण्डलीका बरिष्ठ गुरुबा तथा आदरणीय सल्लाहकार श्री नर बहादुर शाह, दाङ इसाई समुदायका उपाध्यक्ष आदरणीय गुरुआमा श्री सिता शाह, कञ्चनपुर इसाई समाज शाखा भिमदत्त नगरका अध्यक्ष तथा निट्स विश्वविद्यालयका रजिष्ट्रार रेभ. महेश राम लावड, दाङ इसाई समुदायका आदरणीय उपाध्यक्ष पा. उदय स्वर्णकार, दाङ इसाई समुदायका आदरणीय सचिव पा. शुभाष नेपाली र दाङ इसाई समुदायका सह–कोषाध्यक्ष आदरणीय सह–पास्टर सन्देश शाह हुनुहुन्थ्यो ।

बलिदान ए.जी. मण्डलीका आदरणीय पास्टर, लुम्बिनी प्रदेश इसाई सुमदायका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथि श्री जंग बहादुर चौधरी, बरिष्ठ पास्टर श्री नर बहादुर शाह र विशिष्ट अतिथि आदरणीय गुरुआमा सिता शाहको संयुक्त बाहुलीद्वारा “इस्राएलको इतिहास” पुस्तक एक समारोहका बीच विमोचन भएको हो । सह–पा. सन्देश शाह, पा. शुभाष नेपाली, पा. उदय स्वर्णकार, रेभ. महेश राम लावड, गुरुआमा सिता शाह र बरिष्ठ पास्टर नर बहादुर शाहले विमोचन कार्यक्रमको सफलताको शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

अन्तमा बरिष्ठ पास्टर नर बहादुर शाह, प्रमुख अतिथि आदरणीय पास्टर श्री जंग बहादुर चौधरी र वल्र्ड रेकर्ड होल्डर लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’को संयुक्त बाहुलीद्वारा लुम्बिनी प्रदेशका पुराना दीक्षान्तित विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाण–पत्र पनि हस्तान्तरण गरिएको थियो । सभाध्यक्ष पा. भुप बहादुर घर्ती मगरले अन्तिममा निट्स विश्वविद्यालयको दर्शन बाँड्दै आफ्नो संक्षिप्त भनाई र मन्तव्य राखी कार्यक्रमको समापन गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...