२०८१ बैशाख १४, शुक्रबार
2024 April 26, Friday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे किन पाउनु
ख्रीष्टबिना जीवन मिल्दछ भने विश्वासमा के धाउनु
चारैतिर बाट खोजि रहेछ शैतान नाश गर्ने दाउ
विश्वासको उत्तम लडाइ लड्न येशुमा फर्की आऊ

मान्छे आज पापको दलदलमा गइ रमाए पनि
येशुबिना पुगिन्न स्वर्गलोकमा बिन्ति थमाए पनि
तिमीमा भएको त्यो ज्योतिलाई पाथीले नछाऊ
विश्वासको दियो बालिरहन येशुमा फर्की आऊ

येशुलाइ चिनेको यदि भए के ईश्वर खोज्छौ भन ?
आफैलाई किन नाशतिर लान्छौ अबुझ बनिकन
बाटो तर्की फरक्क फर्की तिमी छोडेर पापको ठाउँ
विश्वासका पाइला कुरिरहेछन् येशुमा फर्की आऊ

केमा अल्झेर बसिरहेछौ सन्सारको दलदल भित्र
नरकले पनि तान्न खोजिरहेछ मेटेर तिम्रो चित्र
फराकिलो बाटो हिडेर ख्रीष्ट बाट दुर नजाऊ
साँघुरो बाटोले पर्खी रहेछ येशुमा फर्की आऊ

खुल्छन् हरेक कुरा बाइबलभित्रका आफै पढेपछि
बनिन्छ नि आत्मिक योद्धा येशुमा आफै बढेपछि
अनन्तको लागि कोरिएको नमेट तिम्रो त्यो नाउँ
जीवनको पुस्तकले खोजिरहेछ येशुमा फर्की आऊ




समीर रिमाल, गोरखा

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...