२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ र एनसिएसको सल्लाहकार परिषद् घोषणा सम्पन्न

१७ मंसिर ०८०, ललितपुर । नेपाली ख्रीष्टियन समुदायका लिडिङ संस्थाको रुपमा स्थापित दुई संस्थाहरू नेसनल चर्चेज फेलोसिप नेपाल (एनसिएफ) र नेपाल ख्रीष्टियन समाज (एनसिएस) मिलेर संयुक्त रुपमा राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद् घोषणा एक कार्यक्रमको आयोजना गरी घोषणा गरेको छ ।

ललितपुरको नखिपोटस्थित लिभिङ्ग बप्तिस चर्चमा आयोजित घोषणा सभामा एनसिएफ नेपाल र एनसिएस नेपालका अध्यक्षद्धय हनोक तामाङ र प्रकाश सुब्बाले परिषद् गठन भएको घोषणा गर्नुभएको हो ।

सल्लाहकार परिषद् घोषणा पत्रमा हस्ताक्षर गर्दै उहाँहरूले यस परिषदमा आवद्ध हुन सवै सम्प्रदाय र चर्च समूहरुलाई खुल्ला आब्हान गर्नुभएको थियो ।

उक्त घोषणा सभामा परिषदमा एक जना संयोजक सहित बढीमा ३५ जना सदस्य रहने गरी एक सल्लाहकार परिषद् हुने जनाइएको छ भने उमेर हदको रुपमा ५० वर्ष उमेर पूरा भएको र २५ वर्ष पास्टरीय सेवा पूरा गरेको तथा विभिन्न सामाजिक संस्थामा कम्तीमा २५ वर्ष निरन्तर सेवा गरेको व्यक्ति परिषद्को सदस्य बन्न सक्ने मापदण्ड तोकिएको छ । त्यसैगरी एनसिएफ नेपाल र एनसिएस नेपालका अध्यक्ष उक्त परिषद्को सदस्य स्वत रहन सक्ने प्रावधान राखिएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...