२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

भव घलेको नेतृत्वमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् घोषणा

मंसिर १८, काठमाडौं । एनसिएफ र एनसिएसले सल्लाहकार परिषद् गठन गरेको भोलिपल्ट नै “राष्ट्रिय नेपाली चर्च एकता आजको आवश्यकता” लाई मुख्य उद्देश्य बनाएर संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् घोषणा भएको छ ।

पास्टर प्रेम सुब्बा केन्द्रिय अध्यक्ष र पास्टर भव घले केन्द्रिय संयोजक रहेको संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्को घोषणा आज सोमबारका दिन ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी घोषणा गरिएको हो ।

नेपाल सरकारको तथ्याङ्कको बाबजुद अनुमानित करीब १० देखि १५ लाख भन्दा बढी ख्रीष्टियनहरू र १० हजार भन्दा बढी नेपाली चर्चहरूको प्रभावकारी नेतृत्व, प्रतिनिधित्व र व्यवस्थापन, सुरक्षा, सुधार, सम्बर्धन र प्रबर्धन गरी समन्वयको भूमिका खेल्ने लगायतको उद्देश्य राखी संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद बनेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

त्यसैगरी परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली चर्च तथा ख्रीष्टियन समुदाय र विशेष गरेर नेपाल देशमा शान्ति, सुशासन, धार्मिकता र सामाजिक सद्भाव कायम गर्न संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्ले पहल गर्ने जनाएको छ । परिषद्को अवधारणा पत्रमाथि व्यापक छलफल तथा बहस गर्दै संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्को पूर्ण रूप धारण गर्न केही समय धैर्यताका साथ प्रतिक्षा गर्न सम्पूर्ण नेपाली ख्रीष्टियन समुदायलाई यस चर्च परिषद्ले अनुरोध गरेको छ ।

आज प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, “हाल बन्दै गरेका विभिन्न राष्ट्रिय तथा स्थानीय परिषद्हरू, नेपाली चर्च समूह, समुदाय, संघ–संस्थाहरूलाई यस संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्ले हातेमालो गरी सहकार्य गर्न हार्दिक स्वागत तथा आह्वान गर्दछौं ।”

 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...