२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विश्व रेकर्डको प्रमाण–पत्र हस्तान्तरण तथा पुस्तक विमोचन सम्पन्न

कञ्चनपुर, २०८० मंसिर ७ गते । नेपाली जगतको ऐतिहासिक कार्यक्रम भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा भएको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका अग्रज प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा आज सु–सम्पन्न भएको छ ।

नेपालको परिप्रेक्ष्यमा अल्पसंख्यक नेपाली ख्रीष्टियन जगतको दलित, लुहार र पिछडिएको परिवारमा जन्म लिई नेपाल देशको शिर ठाडो गराउन अग्रसर भएका बहुमुखी प्रतिभाका धनी, नेपाल आमाको ईख भएका सपुत, निःस्वार्थ समाजसेवी, प्रखर वक्ता रेभ.डा. नरीराम लुहार ‘विनोद’ कञ्चनपुर जिल्लाको ब्रह्मदेव गाउँमा जन्मनुभएको हो ।

सुदूर पश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको नेपाल र भारत सिमा क्षेत्रमा पर्ने विकट गाउँ ब्रह्मदेवको एउटा पिछडि़एको तथा लुहार परिवारमा जन्मेर यस्ता खालका पदकहरु प्राप्त गर्न सफल हुनु सम्पूर्ण देशको लागि नै चुनौतिको विषय पनि हो ।

आफू स्वयम् अवसरबाट वञ्चित भएर पनि देशका सम्पूर्ण मण्डलीका अगुवा र येशू ख्रीष्टमा विश्वासीहरुलाई सम्झनुहुने डा. लुहार नेपाल र भारतका विभिन्न जिल्लाहरुमा पुगेर नेपाली र भारतीय विविध जनजीवनको प्रत्यक्ष अनुभव गर्नुभएको छ । विभिन्न तालिम र सेमिनारहरु गरी सभा, सम्मेलन, गोष्ठि आदिका प्रखर वक्ता हुनुका साथै इसाई धर्मशास्त्रको ईश्वरीय अगुवापनमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएका डा. लुहार हाल नेपाल र नेपाल बाहिर विभिन्न देशहरुका ईश्वरशास्त्रीय विश्वविद्यालयहरुमा प्राध्यापनको कार्य पनि गरिरहनुभएको छ ।

हाल उहाँ ख्रीष्ट महिमा मण्डली नेपालका संस्थापक र वर्तमान अध्यक्ष, स्कूल अफ बिब्लिकल टिचिङ्ग नेपालका राष्ट्रिय संयोजक, विश्वमा करिब २०० देशहरुमा मान्यताप्राप्त र ४२ वटा विश्व प्रसिद्ध विश्व विद्यालयहरुबाट सम्बन्धन प्राप्त नेपाल इन्ष्टीच्यूट अफ थियोलोजिकल स्टडीज (निट्स विश्वविद्यालय) नेपालका ७ वटै प्रदेश र नेपाल बाहिर ५ देशमा गरी जम्मा १२ वटा बाइबल तालिम केन्द्रहरुका संस्थापकका रुपमा परिचित हुनुहुन्छ ।

डा. लुहार एक विछट्टै र रोचक साहित्य विधामा कलम चलाउने व्यक्तित्व पनि हुनुहुन्छ किनभने उहाँ विगत २ वर्षको अवधीमा १५ वटा पुस्तकहरु प्रकाशनमा ल्याउनुभएको छ । यसरी विगत ३ वर्षदेखि ईङ्गल्याण्ड बुक अफ वल्र्ड रेकर्डस्ले गुप्त रुपमा सेक्युलर क्षेत्रबाट उहाँको व्यक्तिगत सुक्ष्म अध्ययन र अनुसन्धान गरी अथक परिश्रम, अध्ययन र लेखनको उच्च मूल्याङ्कन गर्दै उहाँको नाम विश्व सूचिमा दर्ता गराई उहाँलाई उत्साह र हौसला प्रदान गर्न विश्व प्रसिद्ध स्वर्ण पदक र कदर–पत्रले सम्मान गरेको छ ।

उक्त सम्मान–पत्रमा यसरी लेखिएको छ— “प्रा.डा. नरीराम लुहार ‘बिनोद’ लुहार जनजाति परिवारबाट पहिलो व्यक्ति, जसले २ वर्षको समयमा १५ वटा आध्यात्मिक पुस्तकहरु लेखेर सुदूरपश्चिम नेपालमा उज्यालो क्षितिजको नेतृत्व गर्ने नयाँ आत्माका साथ तपाईंले रेकर्ड बनाउनुभएको छ । त्यसैले, हामी तपाईंको प्रेरणा, हौसला र उत्साहका लागि ह्युमन रेस बाई डिण्ट अफ द ब्रन्ट अफ युअर रेकर्डबाट नेपालमा तपाईंलाई शुभकामना दिँदै स्वागत गर्दछौं । अब लण्डन बुक अफ वल्र्ड रेकर्डको ग्रिन फिल्ड हेन्टसको गहिरो कर्कसबाट तपाईंलाई आत्मिय उत्साहका साथ हार्दिक शुभकामना व्यक्त गर्दछौं ताकि तपाईंले विश्वबाट सबैका लागि सिटको छाप भएको आनन्द लिनुहुनेछ । धन्यवाद ।”

लेखक डा. लुहारले अध्यक्षता गर्नुभएको उक्त १ दिने समारोहको पहिलो भागमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय मधु भारती ज्यू रहनु भएको थियो । विशिष्ट अतिथिहरुमा क्षेत्र नं. ३ का काँग्रेस सभापति श्री केशव चन्द, रेभ.डा. लाल लुरा, रेभ.पा. राम बहादुर विष्ट, रेभ.पा. बल बहादुर कुमाल, ने.का. क्षेत्रीय सचिव श्री उमेश जोशी, भि.न.पा. ९ नं. वडा सभापति शेर सिंह विष्ट र रेभ.पा. मित्र राम तामाङ्ग रहनु भएको थियो ।

पा.खुसी राम चौधरीको उद्घोषणबाट सुरु भएको समारोहमा कञ्चनपुर जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष श्री फैरु तामाङ्ग, पा.बल बहादुर पाख्रिन, पा.प्रदिप तामाङ्ग, पा.ठुङ ग्रोङ तामाङ्ग, श्री दुर्गा लुहार, श्री लक्ष्मण पार्की, श्री रन्जिता राना, अ.सन्जय ओड, श्री शारदा भुल, पा.जितेन्द्र तिरुवा, पा.श्रवण कुमार राना, पा.बिस राम भुल, पा.प्रेम चौधरी, पा.माने लुहार, पा.अम्म चदारा, पा.हरिलाल ताम्राकार, पा.नरेश चौधरी, पा.राजकुमार बि.क., पा.सुकदेव सिंह राना र पा.सुनमी विष्ट अतिथिहरुको रुपमा रहेका थिए ।

रेभ.पा.बल बहादुर कुमालद्वारा समारोहको सुरुको प्रार्थना गरी औपचारिक रुपमा सञ्चालन भएको कार्यक्रममा पा.प्रदिप तामाङ्गले स्वागत मन्तव्य राख्नुभएको थियो । लेखकको बारेमा अडियोबाट पनि संक्षिप्त परिचय सुनिसकेपछि आसन ग्रहणको भागमा पा.मरियम तामाङ्ग र पा.चनाकी चौधरीले सहयोग गर्नुभएको थियो ।

समारोहका प्रमुख अतिथिमा मधु भारती ज्यू र विशिष्ट अतिथि श्री केशव चन्द ज्यूद्वयको संयुक्त बाहुलीबाट लेखक डा.लुहारलाई विश्व रेकर्डको प्रमाण–पत्र हस्तान्तरण गरिएको थियो । सभाध्यक्ष ज्यूले प्रमुख अतिथि र विशिष्ट अतिथि ज्यूहरुलाई कदर–पत्र ग्रहण गराएर श्री फैरु तामाङ्गको अन्तिम प्रार्थनाद्वारा सभा विसर्जन गर्नुभएको थियो ।

दुई चरणमा भएको उक्त कार्यक्रमको दोस्रो भागमा लेखक डा.लुहारको १३औं पुस्तक “सुसमाचार”को विमोचन भएको थियो । विशिष्ट अतिथिहरु रेभ.पा.मित्र राम तामाङ्ग, रेभ.पा.बल बहादुर कुमाल, रेभ.पा. राम बहादुर विष्ट र सुसमाचार प्रचारक रेभ.डा.लाल लुराले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...