२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दिल्लीमा नेपाली पास्टर तथा लिडर्स् समिट २०२२ सुरू

दिल्ली, भारत । २८ अक्टोवर २०२२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले दिल्लीमा आयोजना गर्ने भनिएको एशिया समिट स्थगित भयो भनेतापनि अर्कै शीर्षकमा समिट सुरू भएको छ । दिल्लीमा आयोजित सम्मेलनमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अन्तराष्ट्र्रिय विभाग प्रमुख तथा नेपालबाट केहि प्रदेश प्रमुखसहितको सहभागी रहेको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि. वि. गहतराजले महासंघलाई बुझाएको राजीनामा र उहाँको राजनीतिक यात्रा पछि राष्ट्रिय ख्रीष्टियन महासंघमा केहि आन्तरिक विवाद देखा परेको थियो । महासंघको आन्तरिक बिवादको कारण एफ. एन. सि. एन.ले एशिया समिट स्थगित भएको घोषणा गरेको थियो । महासंघ भित्रको आन्तरिक बिबादका कारण आयोजना गर्ने भनिएको एशिया समिट असन्तुष्ट अर्को पक्षले कार्यक्रमको सबै तयारी पूरा भएकोले कार्यक्रम गरेको हो ।

डा. फिलेमोन क्षेत्रीको सभाध्यक्षतामा सुरु भएको पास्टर तथा अगुवा समिट २०२२ लाई प्रमुख अतिथि डा. छत्र सुब्बा (पावल)ले उद्घाटन गर्नुभयो । केहि समय अघि डा. फिलेमोन क्षेत्रीले राष्ट्रिय ख्रीष्टियन महासंघको कार्यवाहक अध्यक्षता सम्माल्नुभएको थियो । महासंघको अध्यक्षबाट राजीनामा दिनुभएको सि.वि. गहतराज पुन अध्यक्षमा फर्किनु अवैधानिक रहेको महासंघका कानुनी सल्लाहकार रहेका अधिवक्ता भविन्द्र राई लगायत केहि पदाधिकारीको भनाइ रहेको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघको गैरआवासीय विभाग प्रमुखबाट राजीनामा दिनुभएका  रेभ. प्रकाश मेघि गुरूंग , लगायत प्रमुख अथिति रेभ. छत्र सुब्बा पावल  लगायतले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी अन्य अथितिहरु महासंघबाट सह अध्यक्ष रिता थापा मगर, विशेष अथिति डा.  मनोज श्रेष्ठ लगायत प्रदेश प्रमुखहरुले समेत मन्तव्य राख्नुभएको थियो । दिल्लीमा आयोजित उक्त समिट भोलि २९ तारिख समापन हुनेछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...