२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली इसाई पारिवारिक चलचित्र “यथार्थ” चाँडै प्रदर्शन हुँदै

कालेबुङ, भारत, १ फरवरी २०२१ । ग्लोरी मिडिया प्रोडक्सन, नेपालको ब्यानरमा भारतको कालेबुङबाट निर्मित नेपाली इसाई पारिवारिक चलचित्र “यथार्थ” (The Reality) को प्रदर्शन आगामी २६ र २७ फरवरी २०२१ मा कालेबुङबाट हुने जानकारी प्राप्त भएको छ ।

कालेबुङ, पेदोङ, दार्जीलिङ, खरसाङ, सिक्किम, जयगाउँ, सिलगढी आदी क्षेत्रका नवोदित कलाकारहरूलाई समेटेर निर्माण गरेको यस चलचित्र एक विशुद्ध इसाई पारिवारिक चलचित्र हो । अतित सुब्बा, बिपना थापा, समीर कश्यप छेत्री, एन्जल राई, प्रतीक थुलुङ, लेखराज राई, मिना थापा, रजिना राई आदिको प्रमुख भुमिका रहेको यस चलचित्रको छाँयाङ्कन भारतको कालेबुङ, पेदोङ, कास्योङ, रम्फू, र नेपालको मोरङ, धनकुटा,सुनसरी र उदयपुर जिल्लामा गरिएको छ । कथा/ सम्वाद/ लगानी (निर्माता) श्री दिपक सोलोमन राईको रहेको छ भने चलचित्रलाई श्री सिर कुमार साम्पाङ (नेपाल) ले निर्देशन गरेका छन् ।

तकनिकी क्षेत्रमा निकै सशक्त ढंगमा निर्माण गरेको यस चलचित्रमा कुल चारवटा गीतहरू समावेश गरिएको छ जसको गीतकार / संगीतकार क्रमैले दिपक सोलोमन राई, अतित सुब्बा र प्रेम मोक्तान हुनुहुन्छ भने संगीत संयोजन इजाज अलिको रहेको छ । अतित सुब्बा, एन्जिला मोक्तान, पास्टर सुनाम काबो र जुही बसुमतरिको मीठो स्वरमा सजिएको उक्त गीतहरूको छाँयाङ्कन भारत र नेपालमा गरिएको छ ।

इसाई पारिवारिक चलचित्र भएता पनि सबै धर्म, जात र वर्गकाले हेर्न सकिने यस चलचित्रको मुल उदेश्य भनेको परिवार र समाजको वास्तविकतालाई कलात्मक ढंगमा प्रस्तुत गर्दे एक सभ्य र आशिषित परिवार र समाजको निर्माण गर्नु रहेको छ । यस चलचित्रलाई कालेबुङमा मात्र प्रदर्शन नगरेर खरसाङ, दार्जिलिङ, सिलगढी, सिक्किम, जयगाऊँ, भारतको अन्य प्रान्त र विदेशमा पनि चाँडै प्रदर्शन गरिने जानकारी चलचित्र निर्माण टोलीले बताएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...