२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एकैसाथ दुई वटा म्युजिक भिडियो रिलिज

७ डिसेम्बर २०२०, काठमाण्डौँ । वर्तमान समयका चर्चित नेपाली ख्रीष्टियन म्युजिक भिडियो निर्देशक बिरेन तितुङको निर्देशनमा बनेका दुई नेपाली ख्रीष्टियन म्युजिक भिडियो आज एकैसाथ रिलिज गरिएको छ ।

   

परमेश्वरको महिमा र सुसमाचारको उद्देश्य राखेर निर्माण गरिएको दिपक ब्राइट निर्माता रहेको ख्रीष्टमस विशेष म्युजिक भिडियो झिलिमिली र एलमिन नेपालले निर्माण गरेको हिमाल मेरो नामक म्युजिक भिडियोलाई रेभ. संगम के.सी.ले एक समारोहका बिच विमोचन गर्नु भएको हो । झिलीमिली नामक म्युजिक भिडियोमा गायिका सु्इच्छा ठकुरी र गायक राजु तामाङको स्वर रहेको छ । यस गीतमा शब्द रचना र संगीत दिपक ब्राइटको रहेको छ भने म्युजिक भिडियोमा दश जना कलाकारहरूको लिड रोलका साथै २६ जना साइड डान्सरको नृत्य रहेको छ । त्यस्तै गरी हिमाल मेरो नामक म्युजिक भिडियोमा पायल मोक्तान, बज्रसिंह लामा, छत्रलाल श्रेष्ठ लगायत अन्य कलाकारहरूको नृत्य रहेको छ भने गायक राजेशपायल राई र सुस्मिता राईको स्वर रहेको छ । यस गीतमा शब्द रचना र संगीत तिर्थ बहादुर तामाङको रहेको छ ।

उक्त म्युजिक भिडियो विमोचन कार्यक्रममा कलाकार पायल मोक्तान, गायक राजु तामाङ, गायिका सुस्मिता राईले मन्तव्य राख्नुभएको थियो । मन्तव्यका क्रममा उहाँहरूले आफूहरू परमेश्वरको महिमाको लागि कलाकारितामा निरन्तर लागिरहने बताउनुभएको थियो ।

निर्देशक तथा कलाकार रोशन सेवकले झिलीमिली नामक म्युजिक भिडियोको समालोचना गर्नुभएको थियो । आफ्नो मन्तब्य राख्ने क्रममा उहाँले विशेषगरी ख्रीष्टियन कलाकारिताको क्षेत्रमा निकै मुस्किल भएतापनि आफूहरू निरन्तर रुपमा लागिरहेको बताउँदै बिरेन तितुङद्वारा निर्देशित झिलीमिली म्युजिक भिडियोका सबै पक्ष आफूलाई राम्रो लागेको बताउँदै खुसी व्यक्त गर्नुभएको थियो । त्यसैगरी नेपाली ख्रीष्टियन फिल्मका निर्देशक रविन गुरुङ्गले अर्को म्युजिक भिडियो हिमाल मेरोको समालोचना गर्दै स्तरीय म्युजिक भिडियो बनेकोमा खुशी ब्यक्त गर्दै भिडियोका सबै पक्षको खुलेर प्रशंसा गर्नुभएको थियो ।

सञ्चारकर्मी पुनम पञ्चाकोटीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा गायिका सुस्मिता राईकी आमालाई कदर पत्र सहित सम्मान गरिएको थियो भने झिलीमिली नामक म्युजिक भिडियोमा योगदान पुर्याएबापत कलाकारहरूका साथै प्राविधिकहरूलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

अन्तमा निर्देशक बिरेन तितुङले सबै पक्षलाई धन्यवाद दिंदै नेपाली ख्रीष्टियन जगतमा पहिलोपल्ट दश जना मुख्य कलाकारलाई लिड रोल दिई आफूले झिलीमिली नामक म्युजिक भिडियो निर्माण गरेको र आउने दिनहरूमा पनि ख्रीष्टियन जगतमा परमेश्वरको महिमा हुने खालका म्युजिक भिडियो निमार्ण गर्न आफू सदैब लागिरहने बताउनुभएको थियो ।

स्मरण रहोस् आज रिलिज गरिएको झिलीमिली नामक ख्रीष्टमस म्युजिक भिडियोको निर्माण दिपक ब्राइट अफिसियल नामक युटुब च्यानलमार्फत रिलिज भएको हो भने हिमाल मेरो नामक म्युजिक भिडियो एलमिन नेपाल नामक युटुब च्यानलमार्फत रिलिज गरिएको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...