२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

राजु सुन्दासको ‘तिम्रै प्रेमले…’ म्युजिक भिडियो सार्वजनिक

३ डिसेम्बर २०२०, काठमाडौं । काठमाडौंस्थित होसन्ना चर्चका पास्टर राजु सुन्दासको निमार्णमा तिम्रै प्रेमले नामक म्युजिक भिडियो हिजो एक समारोहकाबिच सार्वजनिक गरिएको छ ।

काठमाडौंस्थित एक होटलमा आयोजना गरिएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता तथा पास्टर बुद्ध घिसिङले म्युजिक भिडियोलाई सार्वजनिक गर्नु भएको थियो ।

 

पास्टर राजु सुन्दासका साथै मुकुन्द शर्मा, बुद्ध घिसिङ र जोसेफ राईले निर्माण गर्नुभएको यस म्युजिक भिडियोमा साजन परियारको शब्दरचना, लोकप्रिय गायिका अञ्जु पन्तको स्वर, युवा सङ्गीतकार सुभास भुषालको सङ्गीत रहेको छ । काठमाडौंस्थित गोकर्ण रिसोटमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोलाई राजीव समरले निर्देशन गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने निलिमा कोइराला, हन्ना वादी र सुजु बर्देवालाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ ।

म्युजिक भिडियोका निर्माता पास्टर राजु सुन्दासले ५० भन्दा बढी कलाकारहरूलाई नृत्य गराएर ठूलो संख्यामा कलाकार प्रयोग गरी उच्च प्रविधिको क्यामेरा र उपकरणहरू प्रयोग भएको यो नै नेपालको पहिलो ख्रीष्टियन समुदायको पहिलो ऐतिहासिक म्युजिक भिडियो भएको बताउनु भएको थियो । सो अवरसरमा पास्टर राजु सुन्दासले एसिड पिडित मुस्कान खातुनलाई हरेक दिन लाग्ने उपचार खर्चमा सय दिन आफूले खर्च गरिदिने वाँचा गर्दै पहिलो किस्ताको रुपमा केही रकम पनि प्रदान गर्नु भएको थियो । साथै सङ्गीतकार सुभाष भुषालले पनि यहि गीतको सङ्गीत गरेर आएको रकमको पचास प्रतिशत मुस्कानलाई दिने घोषणा गर्नुभयो ।

कार्यक्रममा पास्टर शमूएल तामाङले पनि म्युजिक भिडियोका बारे आफ्नो मन्तव्य राख्नु भएको थियो भने विनोद ओझाले म्युजिक भिडियो बारे समालोचना गर्नु भएको थियो । एचसिएम् च्यानलको अफिसियल युटुब च्यानलमा यस म्युजिक भिडियोलाई हेर्न सकिने छ ।

स्मरण रहोस् पास्टर राजु सुन्दासले यस भन्दा पहिले केहि महिना अघि कति घुँडाहरू नामक म्युजिक भिडियो ल्याइसक्नु भएको छ । उक्त म्युजिक भिडियो नेपाली भाषी ख्रीष्टियन समुदायका बिच लोकप्रिय भइरहेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...