२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

‘कान्छा र कान्छी’ गीतको भिडियो बिमोचन सम्पन्न

१७ अक्टोबर, २०२०, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको छ ।

ललितपुरमा सम्पन्न भएको उक्त भिडियो विमोचन कार्यक्रममा अधिबक्ता तथा पास्टर बुद्ध घिसिङले गीतको भिडियोलाई प्ले गरी औपचारिक रूपमा विमोचन गर्नु भएको थियो । पास्टर संगम के.सी.ले उक्त भिडियोको लागि प्रार्थना तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित विभिन्न सञ्चार माध्यम र फिल्म तथा संगीत क्षेत्रमा आवद्ध व्यक्तिहरुले उक्त म्युजिक भिडियोले इसाई समुदायमा राम्रो प्रभाव पार्ने विश्वास ब्यक्त गरेका थिए ।

प्रेम कथालाई इसाई सुसमाचारीय मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा बज्र लामा र स्वरूपा बलको सशक्त अभिनय रहेको छ । उक्त गीतमा लोकप्रिय गायक राजु तामाङ्ग र सुष्मा विश्वकर्माको स्वर रहेको छ भने गीतमा शब्द तथा संगीत दिपक ब्राइटले दिएका छन् । भिडियोलाई राहुल राईले छायांकन गरेका हुन् भने विरेन तितुङले निर्देशन गरेका छन् । लोहनी परिवार, होली लाइफ चर्च अमेरिकाको निर्माण रहेको उक्त म्युजिक भिडियोलाई विनोद याक्खाले सम्पादन गरेका छन् भने आमोस तामाङको संगीत संयोजन रहेको छ र मन्दिप रानामगरको कोरियोग्राफी रहेको छ ।

स्मरण रहोस्, उक्त गीतको भिडियो ‘दिपक ब्राइट्स अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...