२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मेरो मृत्यु भए दोष नेपाल सरकार हो

आमोश लामा ।

“अल्छीलाई माछा कि बल्छी” भन्दा बल्छी रोज्छ भन्ने नेपाली उखान हिजो आज सत्य लागिरहेको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसको महामारीको समय पारेर कम्युनिष्ट सरकारले नेपाली जनताको खुशी र सुखद जीवन देख्न नचाहेको हो कि भनेर हिजो आज मनमा निकै तरङ्गको प्रवेग बढिरहेको छ ।

विगत छ महिनादेखि देशमा पूर्ण रुपमा लकडाउन भइरहेको छ । देशभरि रहेको चिया पसलदेखि कलकारखाना सब बन्द छन् । सम्पूर्ण यातायात ठप्प छ । सबै सरकारी तथा गैरसरकारी कार्यालयहरूका सेवा बन्द छ । दिनभरि ठेला धकेलेर, ढुङ्गा गिट्टी कुटेर जीविका चलाउने लाखौ नेपालीले रोजगारी गुमाएको छ । यसरी ६ महिनासम्म रोजगारी गुमाएका श्रमिकहरूको एक मुठी श्वास धान्न भण्डारमा बिहान बेलुकी खाने अन्न होला र ? प्रदेशदेखि केन्द्रीय स्तरको सरकारी निकायमा हुनेहरूले नेपाल कृषि प्रधान देश हो भनेर भाषण मात्र गर्ने होइन कृषकको दुःख हेर्नु पर्ने होइन ? हिजो आज कृषकलाई प्रति घर ५ केजी युरिया मल पाउन पनि सहकारीका भलादमीहरूलाई दण्डवत गर्नुपर्ने बाध्यता छ । कहिलेकाही यस्तो खबरहरू पत्रपत्रिका र अखबारहरूमा हेर्ने गर्नु हुन्न कि कसो कम्युनिष्ट सरकार । जनताले जनताकै भलोको लागि भनेर चुनेका ब्यक्तिले जनताको कुरा नबुझेको हो कि नसुनेको हो ? यो बिषय निकैबेर सोच्नुपर्ने बाध्यता भएको छ । नेपाली पत्रपत्रिकामा जहिले पनि संसदीय बैठकमा पदको लागि खैलाबैला, प्रधानमन्त्री बन्न होडबाजी, एमसीसी लागू गर्न ठिक कि बेठीक जस्तो हेडलाइन प्रकाशित भएको हुन्छ । पत्रकारले पनि हिजो आज कम्युनिष्टको चाकडी गरेको झैं भान भएको छ, हैन भने देशमा भएका जनताको समस्याका कुरालाई स्थान दिनुपर्ने थियो ।

लामो लकडाउनको कारणले जनतामा परेको असरबारे आवाज निकाल्नु पर्ने हो । परिवार पाल्न नसकी डिप्रेसनमा परेर आत्महत्या गरेका ती नेपालीको ब्यथा नेपाल सरकारले नबुझे कसले बुझ्ने हो ? व्यापार गरौं जनजीवन ठप्प, खेती गरौं मल र बीउ ठप्प, बिदेश जाऔं भने प्रशासन ठप्प तर घरमा बिहान बेलुकी खानको लागि अन्नको एक दाना छैन । यस्तो पाराले नेपाली जनता कसरी बाँच्ने ? लकडाउन नै कोरोनाको ओखती हो ? WHO ले आजसम्म कोरोनाको ओखती निर्माण भएको छैन भन्छ तर नेपालमा कोरोना उपचार पछि निको भयो भन्छ । यस्तो पनि हुँदोरहेछ हाम्रो नेपालमा, भौतिक दुरी कायम गरौं, घर बाहिर निस्केको बेला मास्कको प्रयोग गरौं । परमेश्वरले सबैको रक्षा गरून् । जय नेपाली !

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...