२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रेरक व्यक्तित्व: चार्ली च्याप्लिन

हास्य व्यङ्ग्यको संसारमाथि विजय प्राप्त गर्ने विख्यात कलाकार चार्ली चाप्लिन (सन् १८८९–१९७७) को धेरै चर्चा परिचर्चा हुने गर्छ । चार्ली अत्यन्त सफल हास्य व्यङ्ग्यकार थिए भन्ने कुरा त सबैलाई थाहा छ तर त्यसको साथ साथै उनी नृत्य निर्माता, कथाकार, पटकथाकार, सम्बाद लेखक पनि थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । बहुमुखी प्रतिभाका धनी चार्लीले बुढेसकालसम्म धेरै ख्याती, पद र पैसा कमाउन सफल भए । नाम, पद र पैसा निकै कमाएका चार्ली गरीबहरूप्रति माया र मर्म व्यक्त गर्दथे तर उनी गरिबीप्रति भने निकै घृणा गर्दथे । यसको कारण उनको आफ्नो जीवन गरीबीमा हुर्केको मानिन्छ । गरिबीको कारणले उनले लन्डनको फुटपाथमा अनाथको जीवन बाँच्न बाध्य भएका थिए । त्यसैले उनले आफ्नो जीवनबाट गरिबीलाई हटाउन जीउ ज्यान नै लगाएका थिए ।

कलाकारिता उनको रुचि, वाध्यता र आवश्यकता बन्न पुगेको थियो । गरिबीबाट उम्कनका लागि उनले आफ्नो सम्पूर्ण क्षमता र प्रतिभा कलाकारितामा लगाएका थिए । सानैदेखि कलाकारिता गरेका चार्लीको प्रथम स्टेज सो निकै महत्वपूर्ण र अनौठो थियो । पाँच वर्षको सानो उमेरमा गरिएको एक स्टेज सो मा उनले प्रथम पटक अत्यन्त सफलतापूर्वक आफ्नो प्रतिभा देखाएका थिए । साथै उनले निडरतापूर्वक गाउन थाले । उनले आफ्नो तोते बोलीमा गाउन थाले, जुन गीत केहि समय अगाडि उनको आफ्नी आमाले गाएकी थिइन् । बालक चार्लीको गीत सुनेर दर्शकहरू प्रसन्न भए । उनीहरूले मञ्चमा पैसाको वर्षा गराउन थाले । उनकी आमाले बालकलाकारकी आमाको रुपमा सम्मान प्राप्त गरिन् । यहि नै थियो, चार्लीको पहिलो सो । तर दुःखको कुरो चार्लीको पहिलो सो नै आफ्नी आमाको अन्तिम सो भइदियो । आफ्नो परिवारको मनमुटाबको कारण चार्लीको बुबाको ३७ वर्षकै उमेरमा मृत्यु भयो । उनकी आमा बहुलाइन् र चार्ली सडक बालबालिका अर्थात खातेको जीवन बिताउन बाध्य भए । चार्ली चाप्लिनको अनाथ जीवन निकै संघर्षमय थियो । जे भेट्यो त्यही खाने, झुत्रे झाम्रो लगाउने, फुटपाथमा सुत्ने भयो । तर फुटपाथको यो घुमन्तेको जीवनबिच पनि उनले सबैलाई हसाउन सफल भए । धेरै नै अपमान, असफलता र घृणा सहँदै उनले आफ्नो कला यात्रा जारी राखे । १७ वर्षको उमेरदेखि पूर्णतः व्यवसायिक कलायात्राको थालनी गरे । उनले नाम, पद र पैसा लगायत सम्पूर्ण कुरा प्राप्त गरे । यद्यपि नाम, पद र पैसा उनको लागि त्यति महत्वपूर्ण थिएनन् । उनको लागि जीवन्त काल सबभन्दा महत्वपूर्ण थियो । समाजको विकृति र विसंगतिलाई छर्लङ्ग पार्ने र गरिबीले ग्रस्त जीवनलाई व्याङ्गात्मक कलाबाट नै ब्यक्त गर्ने उनको कला वा विशेषता थियो ।

त्यसैले समाजका पिछडिएका, हारेका, थाकेका गरिबी जनताको अभिनय गर्ने बेलायती नागरिक चार्ली च्याप्लिन आफ्नो जीवनकालमा सफल भएका थिए । उनले हामीलाई आफ्नो चुनौतीपूर्ण जीवनबाट निरन्तर धैर्यताको साथ मेहनत र परिश्रम गर्नुपर्छ भन्ने प्रेरणा दिएका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...