२०८१ बैशाख १४, शुक्रबार
2024 April 26, Friday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

युवा समाजसेवी तुलसी श्रेष्ठले निशुल्क खाना खुवाउन थालेको सय दिन पुग्यो

२८ जुलाई २०२०, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा लकडाउनको समयमा अति समस्यामा हुनेहरूका लागि खाना खुवाउन थाल्नुभएको आज १०० दिन पार गरेको छ ।

कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले लामो समयदेखि गरेको लकडाउनका कारण आफ्नो घरमा खाद्यान्न लगायतका सामाग्री नभएका दैनिक ज्याला मजदुरी गर्ने, अतिविपन्न र यस्तो विषम परिस्थितिमा खान नपाएका ब्यक्तिहरूको लागि आफ्नै घरमा खाना पकाई खुवाउन थाल्नुभएको आज १०० दिन पूरा गरेको हो । निशुल्क खाना खुवाउने अभियानको शुरुमा लकडाउनका कारण दैनिक गुजारा चलाउन नसकि अति नै समस्यामा परेकाहरूका लागि आफू बस्ने वडा लगायत वरपरका लागि खाना उपलब्ध गराउन थाल्नुभएको थियो । त्यसपछि यो अभियान काठमाडौंको विभिन्न ठाउँमा चल्नुका साथै ललितपुरको नख्खुदोबाटो, भैंसेपाटी र भक्तपुरको बालकोटमा पनि यो अभियान चल्यो तर हाल ती ठाउँहरूमा निशुल्क खाना खुवाउने अभियान बन्द भइसकेको छ ।

हाल लकडाउन सकिएपछि पछिल्लो समयमा काठमाडौंस्थित बीर हस्पिटलको राष्ट्रिय ट्रमा सेन्टरमा उहाँले सञ्चालन गर्नु भएको यो अभियान आजभोलि केन्द्रित छ । हरेक दिन विहान १०० जनाको लागि खाना पकाई वितरण चलिरहेको छ । विशेषगरी अबका दिनमा राष्ट्रिय ट्रमा सेन्टरमा विरामी कुरुवाहरूलाई यो सेवा प्रदान गरिने कुरा अभियान्ता तुलसी श्रेष्ठले हामीलाई बताउनुभएको छ । बाँकी रहेको खाना काठमाडौं दरबार स्क्वायर भित्र रहेका असहाय र अशक्तहरूलाई बितरण गरिदै आएको कुरा हामीलाई बताउनुहुन्छ । विभिन्न सहयोगी महानुभाव दाताको सहयोगकै कारण यो अभियान चलिरहेको हामीलाई बताउनुभयो ।

यो निशुल्क खाना वितरणको अभियान नेपाल सरकारले कोरोना संक्रमण नफैलियोस् भनि लगाएको लकडाउनको समय गत बैशाख ९ गतेदेखि शुरु भएको र आज १०० दिन पुगेको भएपनि बीर हस्पिटलस्थित राष्ट्रिय ट्रमा सेन्टरमा सहयोगी महानुभाव दाताको सहयोग जारी रहे यो अभियान पनि निरन्तर अघि बढाउने आफ्नो सोंच रहेको बताउनुभयो ।

अन्तमा आफ्नो यो अभियानको प्रयास यसरी निरन्तर चलिरहनुमा हितैषी इष्टमित्रहरू तथा परिवारका सदस्यको सहयोगका कारण सम्भव भएको र आफ्नो यो अभियानमा विभिन्न तवरले सहयोग पुर्याउने प्रति आफू अति नै धन्यवादी भएको कुरा बताउनु भयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...