२०८१ बैशाख १४, शुक्रबार
2024 April 26, Friday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर केशव आचार्यका सम्बन्धमा संयुक्त पत्रकार सम्मेलन सम्पन्न

७ जुलाई २०२०, काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति एनसिएफ नेपाल र नेपाल ख्रीष्टियन समाज एनसिएस को पोखरास्थित प्रशस्त कटनी चर्चका पास्टर केशव आचार्य रिहा हुनुभएको बारेका साथै उनको रिहाईका सम्बन्धमा रहेका कतिपय भ्रम हटाउनका लागि भन्दै आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

उक्त पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय मण्डली संगति एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङले परमेश्वरको वचनबाट बोल्नुहुँदै एनसिएफ नेपाल र एनसिएस नेपालले केहि समय पहिलेदेखि सँगै सहकार्य गर्दै आएकाले सबैसँग मिलेर नै एनसिएफ नेपाल अघि बढ्न चाहेको कुरा बताउनुभएको थियो । उहाँले आफ्नो मन्तब्य राख्ने क्रममा पास्टर केशव आचार्यको जेलबाट छुटकाराको निम्ति एनसिएफ नेपाल नेपाल ख्रीष्टियन समाजसँगै रहेको कुरा अवगत गराउनुभएको थियो ।

त्यसैगरी नेपाल ख्रीष्टिय समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले आफ्नो मन्तब्य राख्ने क्रममा पास्टर केशव आचार्यको रिहाईको निम्ति निरन्तर प्रार्थना गर्ने सम्पूर्ण प्रभुका जनहरू, पोखरेली ख्रीष्टियन समाज, डोल्पा ख्रीष्टियन समाज लगायतका कारण र धरौटी रकम लगायत अन्य खर्चका लागि देश विदेशमा रहनुभएका नेपालीहरूले मुठ्ठी खोली सहयोग गर्ने कार्य भएको अवगत गराउनुभएको थियो । त्यसको नेतृत्वदायी भूमिका एनसिएसले गरेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी नेपाल ख्रीष्टिय समाजका सचिव मुकुन्द शर्माले पत्रकार सम्मेलनमा संयुक्त प्रेस विज्ञप्ति पढेर सुनाउनुभएको थियो भने नेपाल ख्रीष्टियन समाजका पूर्वअध्यक्ष तथा एनसिएसको पास्टरीय वास्ता तथा सरोकार विभागका संयोजक पास्टर बर्णवास श्रेष्ठले प्रार्थना लगायतका अन्य सहयोगी सबै जनालाई धन्यबाद दिनुहुँदै पास्टर केशव आचार्यको मुद्धाका लागि आएका सहयोग र खर्च एकदमै पारदर्शी रुपले राख्ने प्रतिवद्धता जनाउनुभएको थियो । पास्टर केशव आचार्यको मुद्दा अझै बाँकी रहेकाले सबैले प्रार्थनामा याद गरिदिनुहुन अनुरोध पनि गर्नुभएको थियो ।

पास्टर राजेन्द्र मल्लले सञ्चालन गर्नुभएको सो पत्रकार सम्मेलनमा पत्रकारहरूले उठाउनुभएको प्रश्नको उत्तर पास्टर हनोक तामाङ, पास्टर बर्णवास श्रेष्ठ, पास्टर डिल्लीराम पौडेल र पास्टर राजु सुन्दासले दिनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...