२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ?

कोभिड-१९ (कोरोना भाइरस) संसारभर फैलिसकेको छ । यस्तो बेला सबैलाई आफू यसको संक्रमणबाट कसरी बच्ने भन्ने चिन्ता हुन्छ । स्वास्थ्यसँग विज्ञहरुले यस भाइरसबाट बच्नकालागि क्वारेन्टाइनमा बस्नका लागि सबैलाई सुझाब दिएको छ । त्यसैले यहाँ कोरोना भाइरसबाट बच्नका लागि होम क्वारेन्टाइनमा बस्नका केहि बुदाँहरु दिइएको छ । यसलाई पढेर सबैले पालना गरौं ।

१. हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने ।

२. छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने  ।  यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा  गर्ने  ।

३. आफू बस्ने कोठा आफैं सफा गर्ने ।

४. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने ।

५. स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने ।

६.  नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने ।

७. आफूले  प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।

८.  अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने । ९. अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र  अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने ।

१०. खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाक मुख छोप्ने ।

११.आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।

१२ .स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने  र आवश्यक सहयोगको लागि सधैं तयार रहने  ।

१३. क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने  ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरू अनुरूप गर्ने ।

१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर नजाने ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई प्रमुख सागर दाहालसँगको कुराकानीमा आधारित)

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...