२०८१ बैशाख २४, सोमवार
2024 May 6, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु

प्रकाश पाख्रिन, काठमाडौं २०७६ चैत्र १ गते । ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आयोजनामा हुँदै आएको अन्तर मण्डली फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिताको संस्करणलाई आज ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आफ्नै स्पोर्टस कम्लेक्समा एक कार्यक्रमका बिच उद्घाटन गरी सुरु गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल महिला संघकी अध्यक्ष बिन्द्रा देवन रहनु भएको थियो । उद्घाटन कार्यक्रममा उपत्यकाबाट बिभिन्न मण्डलीका पास्टर अगुवाहरूको समेत उपस्थिति रहेको थियो । उद्घाटनका क्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल महिला संघकी अध्यक्ष बिन्द्रा देवनले आफ्नो मन्तब्य राख्नु हुँदै आफू यस प्रकारको प्रतियोगिता भएको कुराले निकै खुशी रहेको र यस कुराका लागि परमेश्वरलाई धन्यवाद समेत दिनुभएको थियो ।

यस वर्षको १२औँ अन्तर मण्डली फुटबल प्रतियोगितामा उपत्यकाबाट २६ वटा मण्डलीहरूले सहभागिता जनाउनु भएको कुरा प्रतियोगिताका संयोजक पास्टर बेन्जी थापाले बताउनु भएको छ ।

आजको पहिलो खेल समुह सि बाट बिलिभर्स इस्टर्न चर्च गोकर्ण र नेपाल ख्रीष्टियन कम्युनिटी मण्डली बिच भएको थियो । पहिलो खेल निकै नै प्रतिस्पर्धामत्क भएको थियो र खेलको अतिरिक्त समयसम्म दुबै समुहबाट कुनै गोल नभएपछि खेललाई रेर्फीले टाइब्रेकर गराएको थियो भने उक्त पेनाल्टी सुटआउटमा बिलिभर्स इस्टर्न चर्च गोकर्णद्वारा नेपाल ख्रीष्टियन कम्युनिटी मण्डली माथि ४–२ को जित हाँसिल गर्दै आफ्नो यात्रालाई अगाडि बढाएको छ ।

यस वर्षको प्रतियोगिता नकआउटको आधारमा खेलाइनेछ, जुन प्रतियोगिता दुई हप्तासम्म निरन्तर सञ्चालनमा रहनेछ । प्रत्येक दिन बिहान दुई खेल खेलाइनेछ भने साँझ एक खेल रहने आयोजकले जनाएको छ ।

Photo by: CSF Nepal

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...