२०८१ बैशाख २४, सोमवार
2024 May 6, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम

n

दिपक लम्साल, चितवन, २०७६ फागुन २७ गते । भरतपुरस्थित मधुपुुरी ब्याप्टिस्ट चर्चको आयोजनामा चर्चकै प्रांगणमा आयोजित अन्तरचर्च भलिबल प्रतियोगितामा मुडाबास अभिषेक चर्च प्रथम भएको छ । त्यसैगरी नवलपरासीको अभिषेक चर्च रहजहर द्धितीय भएको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमका खेलाडीहरुलाई भरतपुर महानगरपालिका वडा नं.२३ का खेल संरक्षक तथा वडा प्रतिनिधि प्रेम क्षेत्रीको बाहुलीबाट दश हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने द्धितीय हुने टिमका खेलाडीहरुलाई पाँच हजार नगद रुपैयाँसहित मधुपुरी ब्याप्टिस्ट चर्चका पास्टर रमेश लम्सालको बाहुलीबाट ट्रफि, मेडल र प्रशंसा पत्र प्रदान गरिएको थियो ।
भलिबल प्रतियोगिता यही फागुन २५ गते मधुपुरी ब्याप्टिस्ट चर्चमा सोही चर्चका युवा अगुवाद्धय दिपल लम्साल र केशवराज सुनारको संयोजकत्वमा सञ्चालन भएको थियो । भलिबल प्रतियोगितामा चितवन जिल्ला र नवलपरासी जिल्ला अन्तर्गत रहेका चर्चहरुको ९ टिम सहभागी भएका थिए ।
सहभागी टिममध्येमा होप मेथोडिष्ट चर्च जगतपुर, नवजीवन एजी चर्च भरतपुर, रजहर अभिषेक चर्च नवलपुर, निप्पनी चर्च टाँडी, बुढाबास अभिषेक चर्च नवलपरासी, एपोस्टिलिक चर्च शरणपुर, मधुपुरी ब्याप्टिष्ट चर्च ए , मधुपुरी ब्याप्टिष्ट चर्च बी र छिमेकी एकता जवान समुह विरेन्द्रनगर चितवन सहभागी थिए ।
उक्त अन्तरचर्च भलिबल प्रतियोगिता २०७६ मा सहभागी हरेक टिममा एक जना गैरइसाई खेलाडी हुनै पर्ने नियम थियो । भलिबल प्रतियोगिताका संयोजक दिपक लम्सालका अनुसार सुसमाचार बाँड्नु नै यो प्रतियोगिताको मुल उद्देश्य रहेको थियो ।
 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...