२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जापानमा एक दिवसीय युवा जागृति सम्मेलन सम्पन्न

जापान, ९ मार्च २०२०। जापानको ओसाकाकास्थित कोवे मण्डली र नेपाली इसाई संगति नागोयाको संयुक्त आयोजना साथै ख्रीष्टियन एकता समाज जापानको सहयोगमा गत मार्च ७ तारिखका दिन एक दिवसीय Revival Youth Conference 2020 निकै आशिमयका साथ कोवेमा सम्पन्न भएको छ । “सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंह झैँ खोजी हिँड्छ ।” १ पत्रुस‬ ‭६ः८ ‭बाइबल पद यस सम्मेलनको प्रसङ्ग रहेको थियो । सो कार्यक्रममा जापानभरि रहेका नेपाली भाषी मण्डलीहरू मध्ये ७ ओटा मण्डलीहरूबाट पास्टरहरू, एल्डरहरू, ख्रीष्टियन एकता समाज जापानका अध्यक्ष, उपाध्यक्ष र विभिन्न नेपाली भाषी मण्डलीका सदस्यहरूका साथै जवान भाइबहिनीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गान, स्वागत कार्यक्रम, प्रवचन, प्रभुभोज, गीत, नृत्य र मण्डलीका गतिविधिका बारेमा बताइएको थियो । कार्यक्रम सञ्चालन राजु लामा (कोवे मण्डली) र सागर (नागोया मण्डली)ले गर्नुभएको थियो । पास्टर जोसुवा लेप्चा र पास्टर चन्द्र किरण खपांगीले निकै उत्साहित र आशिषमय प्रवचन दिनुभएको थियो । संसारभर रहेका नेपाली मण्डलीहरूलाई एकतामा ल्याउन पछिल्लो समय ख्रीष्टियन एकता समाज जापानले खेलेको भुमिकाको बारेमा जानकारीका साथै धन्यवाद ज्ञापन उत्साह मण्डलीका एल्डर साथै ख्रीष्टियन एकता समाज जापानका अध्यक्ष सूर्य राईले दिनुभएको थियो । यस युथ सम्मेलनले एक आपसमा जोड्ने, एकतामा राख्न र उत्साह आदान प्रदान गर्न ठूलो मद्दत पुगेको कुरा सहभागी सबैले महशुस गर्नुभएको छ । जापानको ब्यस्तताको बिचमा पनि यसरी समय निकालेर सम्मेलन र सेमिनारहरू हुने गर्दछ र यस्तो प्रकारको सेमिनार र सम्मेलनले मण्डलीहरूमा र जवानहरूमा जागृति आएको छ । यस युवा जागृति सम्मेलन कार्यक्रमले सबैलाई उत्साह मिलेको र निकै आशिषमयका साथ सम्पन्न भएको सबैले महशुस गरेका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...