२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जेम्स गिलमोरः कहिल्यै नथाक्ने मानिस

जेम्स गिलमोरको जन्म सन् १८४३ को जुन १२ तारिख स्कटल्याण्डमा भएको थियो । सन् १८६७ मा उनी हाईगेट मिसन सोसाइटीमा आबद्ध भएर प्रभुको काम गर्नलाई अग्रसर भए ।

सन् १८७६ मा मंगोलिया भन्ने देशमा पुग्नलाई जेम्स गिलमोरले १६५ दिनको लामो यात्रा गरी त्यहाँ पुग्न सफल भए । मंगोलिया देश त्यतिबेला पूर्ण रूपमा बुद्धिस्ट धर्म मान्ने भएकोले उनलाई मंगोलियामा प्रवेश गर्नलाई अनुमति दिइएन । उनी मंगोलियाको बोर्डरमा रहेर प्रभुको काम गरे । उनले प्रभुसँग त्यस देशभित्र प्रवेश गर्नलाई अनुमति दिएको होस् भनेर दिनरात प्रार्थना गरिरहे ।

धेरै समयपछि मात्र उनलाई एउटा सर्तमा मंगोलियामा प्रवेश गर्न दिइयो । त्यो चाहिँ थियो, “कसैलाई पनि प्रभुको बारेमा बताउन नपाउने र मण्डली स्थापना गर्न नपाउने” । उनले त्यहाँ प्रवेश पाइसकेपछि केही समय त्यहाँको राष्ट्रिय भाषा सिक्न खोजे । तर उनलाई सिकाउने उनको गुरू एकदमै ढिलो तरिकाले सिकाउने हुदाँ उनलाई त्यो भाषा सिक्नलाई धेरै नै गाह्रो भयो । एउटा शब्द सिक्नलाई मात्र एक हप्ता लाग्दथ्यो ।

प्रभुको वचन छर्ने उद्देश्यले उनी मंगोलिया देशमा आएका थिए तर त्यो काम नभएको देख्दा उनले केही समय एक्लोपनको महसुस गरे । केही वर्ष त्यहाँको बसाई सकेपछि फेरि आफ्नो देश फर्के र उनी फेरि मंगोलिया देशमा जाँदा धेरै औषधीहरू पनि साथमा लिएर गए । उनले त्यहाँ धेरै स–साना स्वास्थ्य चौकीहरू खोले र औषधीहरू वितरण गरे । उनले हिम्मत नहारीकन प्रभुको काम गरिरहे ।

सन् १९८३ मा मात्र आएर एक जनाले प्रभुमा विश्वास गरे । त्यतिबेला मंगोलियामा सूर्ति, अफिम र रक्सी सेवन एकदमै ठूलो समस्या थियो, जसले गर्दा जेम्स गिलमोरलाई सु–समाचार सुनाउन बाधा दिइरहेको थियो । शैतानले बाधा दिइरहेको समयमा उनको मिसनले पैसा पठाउने कार्य रोकिदियो । तर पनि उनले हिम्मत नहारी प्रभुको काम गरिरहे । उनी घरमा नभएर पाल (टेण्ट) मा सुत्ने गर्दथे ।

सन् १८९१ मा उनको मृत्यु मंगोलिया देशमा रहँदा नै बिरामीको कारणले गर्दा भएको थियो । उनको मृत्युको केही समयपछि त्यो देशका केही मानिसहरूले प्रभुलाई विश्वास गरे तर जेम्स गिलमोर जस्तो मिसनरी कोही पनि जान सकेन । जसको कारणले गर्दा आजको दिनसम्म पनि मंगोलिया देश ख्रीष्टको सुसमाचारको निम्ति प्रतिबन्धित छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...