२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एक्लै भएको बेला हार्टअट्याक भएमा के गर्ने ?

हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरीव भन्दैन । यो रोगले उमेर पनि भन्दैन र सानो तथा ठूलो जो सुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदैछु भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै जित्न सकिन्छ । हार्टअट्याक पूर्व जानकारी अर्थात घोषणा गरेर आउने रोग होइन । र हार्टअट्याकले आक्रमण गर्याे भने मानिसहरूले यसबाट बच्न अनेक संघर्ष गर्नुपर्ने हुन्छ ।

यदि तपाईंलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेतको अनुभव भयो र आफू फेन्ट हुन्छु जस्तो लाग्यो भने त्यस बखत तपाईंसँग होश गुमाउनु पूर्व जम्मा दश सेकेण्ड समय रहन्छ । तर धेरै मानिसहरूलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आत्तिनु र हडबडाउनु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ, त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्ने तरिका खोक्नु भन्दा पहिले ठूलो स्वास लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाईं आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ ।

प्रत्येक २ सेकेण्डमा नविराइकन स्वास लिनुपर्छ र खोक्नुपर्छ । यो प्रक्रिया डाक्टरकोमा नपुगेसम्म, डाक्टर नआएसम्म वा मुटुको धड्कन सामान्य नरमल नभएसम्म जारी राख्नुपर्छ । गहिरो स्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रवेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईंको मुटु र रगत सन्चारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको प्रेसर अर्थात दबाबले तपाईंको मुटुको धड्कनको गतिलाई ब्यालेन्समा ल्याउन मद्दत पुर्याउँछ ।

डाक्टर नआइपुगुञ्जेल सम्मका लागि यो एकदमै भरपर्दो उपाय हो, जसले थप नोक्सानी हुन दिंदैन । तर्सथ संभव भएसम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरूसम्म पुर्याउनुहोस् । तपाईंको सानो सहयोगले धेरैको ज्यान बचाउन सकिन्छ । मुटुरोग बिशेषज्ञहरू ग्यारेन्टीका साथ भन्छन्, “यदि एक जनाले यो उपाय दश जना सम्म पुर्याएको खण्डमा कमसेकम एक जनाको ज्यान बचाउन सकिन्छ ।”

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...