२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

फोहोर उठाउने मानिसको इमान्दारीले गर्दा दसौं हजार मानिसले येशुलाई चिने

प्रेरक प्रसङ्ग ।

सन् १९७२ मा फारहट नाउँ गरेका मिश्रका एक जवान व्यापारीको ११,००० अमेरिकी डलर (हालको सटही दर अनुसार लगभग १२ लाख भन्दा बढी नेपाली रुपैयाँ) मुल्य पर्ने घडी हरायो । झुम्रेझाम्रे कपडा लगाएको फोहोर उठाउने एक जना मानिसले उक्त घडी भेट्टाएर तिनकहाँ फर्काइदिँदा तिनी तीन छक्क खाए । फारहटले सोधे–किन तिमीले घडी आफूसित राखेनौं ?

ती मानिसले जवाफ दिए, मेरा ख्रीष्ट प्रभुले मलाई मृत्युको घडीसम्म पनि विश्सासयोग्य बन्न लगाउनुभएको छ ।

ख्रीष्ट को थिए भनि फारहटले त्यति बेलासम्म पनि जानेका थिएनन् । तर तिनले ती दयनीय मानिसमा ख्रीष्ट देखेका थिए । ती मानिसको इमान्दारी र तिनको महान् उदाहरणको कारणले गर्दा फारहटले तिनकै ख्रीष्टलाई पुज्ने प्रतिज्ञा गरे ।

फारहटले बाइबल अध्ययन गरे अनि तिनी विश्वासमा बढ्न लागे । दुई वर्ष बितेपछि तिनी फोहोर उठाउने मानिसको गाउँमा गए, जुन मिश्रको राजधानी काइरोभन्दा बाहिरपट्टि पथ्र्यो । त्यहाँका मानिसहरूले दरिद्रतामा जीवन बिताइरहेका थिए । त्यहाँ बिजुली थिएन न त सफा पानी नै । जाँड रक्सी र जुवातास व्याप्त थिए । केटाकेटीहरू मात्र नभएर पाका स्त्री र पुरुषहरू पनि फोहोरको पहाडमा गएर महत्वपूर्ण वस्तुहरूको खोजी गर्ने गर्थे ।

फारहटले येशुका वचनहरूलाई मनन गरे, धन्य आत्मामा दीन हुनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो । बाइबलका वचनहरूले तिनको हृदयमा मात्र नभएर तिनकी पत्नीको हृदयमा पनि काम गर्न थाले । तिनीहरूले मानिसका आत्मिक र भौतिक आवश्यकताहरू जुटाउन थाले । मिश्रभरि नै तिनीहरूले येशुको सुसमाचार बाँडे । परिणामतः हजारौं मानिसहरू ख्रीष्टतर्फ फर्के ।

सन् १९७८ मा फारहटको अभिषेक भएपछि तिनी फादर समानको नाउँले चिनिए । अहिले त्यही गाउँको नजिकै १०,००० मानिसहरू सेवाका लागि जम्मा हुन्छन् र यो मध्यपूर्वकै सबैभन्दा ठूलो मण्डली बनेको छ ।

 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...