२०८१ बैशाख २१, शुक्रबार
2024 May 3, Friday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?

सफलता र असफलता आफ्नै मिहिनेतमा भर पर्ने कुरा हुन् । एकपटक असफल भयो भन्दैमा कोही पनि सधैं असफल भई राख्छ भनेर भन्न सकिन्न, त्यसैले एक पटक असफल हुँदैमा कसैले पनि चिन्ता लिनुपर्दैन तर असफलताका कारण डिप्रेसन भने हुन सक्छ । डिप्रेसनको कुनै निश्चित औषधि हुँदैन । डिप्रेसन भएकाहरूले आफैंलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ किनभने आफैंले प्रयास गरे मात्र यसबाट छुटकारा पाउन सकिन्छ । तर यो प्रयास पनि कुनै जादुको छडी भने होइन ।

आफैंले महसुस गरेर अगाडि बढ्ने प्रयास गर्नु नै यसबाट छुटकारा पाउने सबैभन्दा बलियो औषधि हो । त्यसका लागि सबैभन्दा पहिले परमेश्वरले दिनुभएको आफ्नो क्षमता चिन्न सक्नुपर्दछ । कतिपयहरू आफ्नो क्षमता चिन्न नसकेर पनि असफल हुन्छन् । सबैभन्दा पहिले त पढ्ने मान्छेले विषयलाई सानो सानो इकाइमा बाँडेर पढ्ने प्रयास गर्नुपर्छ । आफूलाई उपयुक्त हुने समय तालिका बनाएर पढ्नु राम्रो हुन्छ । गाह्रो लाग्ने विषय ऊर्जाशील समयमा पढ्नुपर्छ, अल्छी लाग्दा पढ्नुहुँदैन । बुझेर पढ्ने बानीको विकास गर्नु पर्छ । सम्झने प्रयास पनि गुर्नपर्छ । सम्झनका लागि जुनसुकै समय पनि प्रयोग गर्न सकिन्छ । खाना खाँदा होस् या हिँड्दा नै किन नहोस्, आफूलाई आवश्यक कुरा सम्झन सकिन्छ । त्यति मात्र होइन, आफैलाई हौसला दिएर पुरस्कृत पनि गर्नुपर्छ । ऊर्जाका लागि परमेश्वरको समिपमा गएर प्रार्थना गर्ने, मीठो खाना खाने, साथीसँग मनका कुरा गर्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ ।

साथीलाई योजना सुनाउँदा कार्यान्वयन गर्न सहज हुन्छ । अर्को महत्वपूर्ण कुरा, जीवनमा केही गर्छु भन्ने अठोट लिनुपर्छ । यस्तो अठोटले जीवनमा केही गर्न सहयोग पुर्याउँछ अनि विद्यार्थीले सकारात्मक सोच पनि राख्नुपर्छ । रिसाउने, अनावश्यक सोच्ने गर्नु हुँदैन । डिप्रेसन कम गर्न गर्दनका नसालाई चिसो पानीले भिजाउनुपर्छ । त्यस्तै बोर भएमा रिलिफका लागि बाइबल, कथा, कविता, जीवनी पढ्ने, गीत संगीत सुन्न सकिन्छ । तर गीत बजाउँदै पढ्नुचाहिँ हुँदैन । त्यसले एकाग्रता हुन दिंदैन । आफूलाई मुल्याङ्कन गर्ने प्रयास गर्नु पनि फलदायी हुन्छ । यस्तो मुल्याङ्कनले सकारात्मक सोचको विकास गराउँछ । अनि जीवनमा केही गर्ने प्रेरणा मिल्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...