२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

फेन्नी क्रस्बी-सुसमाचारीय भजन लेखकहरूका रानीको उपनाम पाएकी

“येशू हुन् मेरो कस्तो विलास, दिँदछन् मनमा महिमाको आश मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।”

माथिको अनुच्छेद दृष्टिविहीन रचनाकार फेन्नी क्रस्बीद्वारा लिखित अनि नेपालीमा अनुदित ख्रिष्टिय भजन २८१ नम्बरको पहिलो श्लोक हो । दृष्टिविहीन भएर पनि उनले भजनको खोलो बगाइन् । उनले जीवनमा ८,००० भन्दा बढी भजन लेखिन् ।

फेन्नीको जन्म २४ मार्च १८२० मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । उनी एक वर्ष पुग्न नपाउँदै उनका पिता जोनको मृत्यु भयो तर उनकी आमा मर्सी भने ९१ वर्षसम्म बाँचिन् ।

फेन्नी ६ हप्ताको पुग्दा उनको आँखामा केही समस्या देखा पर्यो । घरेलु डाक्टरको अनुपस्थितिमा कुनै घुमन्ते डाक्टरले उनको उपचार गर्दा उनले सदाको निम्ति आँखाको ज्योति गुमाउनु परेको थियो । तर आफू अन्धो भएकोमा उनले कहिल्यै पछुतो गरिनन्, बरु यसरी भन्थिन्, “मैले सधैँ विश्वास गरेको छु कि असल परमेश्वरले उहाँको असीमित कृपामा यो माध्यमद्वारा उहाँले मलाई त्यो कामको लागि अर्पण गर्नुभयो, जुन काम गर्ने अनुमति मैले अहिलेसम्म पाएकी छु ।”

१६ वर्षको उमेरमा फेन्नी दृष्टिविहीनहरूका निम्ति खोलिएको न्युयोर्क इन्स्टिच्युटमा भर्ना भइन्, जहाँ उनले उत्कृष्ट शिक्षा हासिल गरिन् । पछि उनी त्यहीको शिक्षिका बनिन् । ३८ वर्ष पुगेपछि उनले दृष्टिविहीन सङ्गीतकारसाथै रचनाकार अलेक्ज्यान्डर भानसँग बिहे गरिन् । सन् १९०२ मा श्रीमान मृत्यु नभएसम्म तिनीहरूको दाम्पत्य जीवन लम्बिरह्यो ।

सुसमाचारीय भजन लेखकहरूका रानीको उपनाम पाएकी फेन्नीका भजनहरू करोडौँको सङ्ख्यामा छापिएका छन् । प्रशंसाले ओतप्रोत उनका भजनहरू विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् । केही प्रकाशकहरूले उही नाउँबाट मनग्गे भजनहरू छाप्न हिच्किचाएकाले जीवनमा उनका झण्डै २०० ओटा छद्मभेषी नाउँ थिए । उनले १,००० भन्दा बढी सेकुलर कविताहरू पनि रचेकी थिइन् । उनका चारओटा कविता संग्रहका साथै दुई ओटा आत्मकथा प्रकाशित छन् । उनी ९४ वर्षको हुँदा सधैँको निम्ति प्रभुको साथमा पुगिन् ।

संसारमा परिवर्तन ल्याउन चाहनेहरू र जीवनमा सफलता हासिल गर्न चाहनेहरूले सम्भावनाहरूलाई हेर्छन्, आफ्ना कमजोरीहरूलाई होइन भन्ने उदाहरण उनले दिएर बिदा भइन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...