२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने

मानिसले आवाजमार्फत दिएको निर्देशनबाट मोबाइलमा विभिन्न किसिमका काम गर्न सक्ने प्रविधि त हामीलाई थाहा नै छ । भ्वाइस रिकग्निसन भनिने यस्तो प्रविधि धेरै अघि बढिसकेको छ । अंग्रेजी नजान्ने वा राम्रो उच्चारण गर्न नसक्ने नेपालीको लागि यो प्रविधि त्यति उपयोगी थिएन । अब भने नेपाली भाषामा नै पनि बोलेर टाइप गर्न सकिने भएको छ । गुगलले अघिल्लो वर्ष सार्वजनिक गरेको आफ्नो भर्चुअल किबोर्ड (जसलाई गुगल किबोर्ड वा जीबोर्ड भनेर चिनिन्छ) मा बोलेर टाइप गर्न सकिने गरी नेपाली भाषा समावेश गरेको छ । यसको अर्थ हो टाइप गर्नुको सट्टा अब बोलेर म्यासेज पठाउन, विभिन्न एपबाट च्याट गर्ने, स्टाटस लेख्न सकिन्छ । गुगलले यसै साता नेपाली सहित ३० भाषालाई जीबोर्डमा समावेश गरेको हो । गुगलले यसै साता आफ्नो ब्लगमार्फत यसका जानकारी दिएको थियो । गुगलले ब्लगमा जनाएअनुसार स्थानीय भाषाविद्हरुसँगको सल्लाहमा यसलाई तयार पारिएको हो । गुगलका अनुसार अहिले जीबोर्डमा समावेश गरिएका यी भाषालाई विस्तारै गुगल ट्रान्सलेटसहितका अन्य प्रडक्टहरुमा पनि समावेश गरिनेछ । यसको अर्थ हो सायद केही समयपछि नेपाली भाषाका आवाजलाई अन्य भाषामा अनुवादन पनि गर्न सकिनेछ । नेपाली भाषा गुगल ट्रान्सलेटमा पहिल्यै जोडिइसकेको छ । अहिले नेपाली अक्षरलाई अंग्रेजीसहित अन्य विभिन्न भाषामा र अन्य विभिन्न भाषाका अक्षरलाई नेपाली भाषामा ट्रान्सलेटमार्फत अनुवाद गर्न सकिनेछ । जीबोर्डमा आवाजमार्फत नेपाली टाइप गर्न सकिने भए पनि यो धेरै शुद्ध भने हुने छैन । तर प्रयोगकर्ताले जति धेरै यसको प्रयोग गर्छन् यो त्यति सुधारिंदै जानेछ । आवाजमार्फत टाइप गराउनु सजिलो त छ नै यसले टाइप गर्न नसक्नेहरुलाई समेत राहत दिनेछ । भ्वाइस डिक्टेटमार्फत टाइप गराउनु हातले टाइप गर्नुभन्दा तीन गुणा छिटो हुने गुगलले जनाएको छ ।

यसलाई कसरी प्रयोग गर्ने त ?

एन्ड्रोइड प्ले स्टोरमा गएर गुगल किबोर्ड डाउनलोड गर्ने । डाउनलोड भएलगत्तै सेटिङ अप्सन आउँछ जसमा नेपाली भाषा छान्नुहोस् । र जीबोर्डलाई डिफल्ट किबोर्ड बनाउने । अब तपाईंको किबोर्डको माथिल्लो भागमा दायाँपट्टी स्पिकर चिन्ह देख्नुहुनेछ । जसमा थिचेर तपाईंले आवाजमार्फत दिएको निर्देशनअनुसार टाइप गर्न सक्नुहुनेछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...