२०८१ बैशाख २४, सोमवार
2024 May 6, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रभुको सेवकाइ स्वार्थी भएर होइन तर नमूना भएर गरौं

सङ्गीत वार्ता

गायक प्रमोद निर्वाणको जन्म काठमाडौं महानगरपालिका–१६, बालाजुमा भएको हो । स्कूले जीवन छँदादेखि नै गाउन रुचाउने उहाँ अहिलेका गायकहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । विगत दश वर्ष अघि प्रभु येशूलाई ग्रहण गरी ख्रीष्टियन हुनुभएको उहाँ हाल काठमाडौंको जोरपाटीस्थित होसन्ना चर्चमा नियमित रुपमा संगति जाने गर्नुहुन्छ । उनै प्रतिभाशाली गायक प्रमोद निर्वाणसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं गायनको क्षेत्रमा कहिलेदेखि आउनुभएको हो ?

म स्कूल पढ्दादेखि नै हो, मैले गाउन थालेको तर बि.सं. २०५५ सालदेखि गायनमा चिनन थालेको हुँ र बि.सं. २०६० सालमा निकालेको निवार्ण एण्ड म्युजिक लिङ्क एल्बम हिट भयो । त्यसपछि धेरैले मलाई चिन्न थाल्नु भएको हो ।

गायनको क्षेत्रमा आउन कोबाट प्रेरणा पाउनुभयो नि ?

मेरो मामाघरको दाई स्वर्गीय सुनिल बर्देवाले मलाई धेरै हौसल्ला र प्रेरणा दिनुभएकोले म यो क्षेत्रमा आएको हुँ । उहाँको प्रोत्साहन नपाएको भए के हुन्थ्यो भन्न गाह्रो छ ।

तपाईं अहिले के गर्दै हुनुहुन्छ ?

काठमाडौंको चावहिलस्थित भिजुअल निर्वाण एण्ड म्युजिक लिङ्क खोलेर चलाएको छु । जहाँ भोकल सिकाउने काम गर्दछु । सङ्गीत संयोजन र स्टुडियो वर्कआउट पनि गर्दछु । व्याण्डमा आवद्ध भएर नेपालभरि टुर गरिरहेको पनि छु ।

हालसम्म कति वटा गीत गाउनुभएको छ ?

४०० भन्दा बढी गीत गाइसकेको छु ।

तपाईं त ख्रीष्टियन हुनुहुँदो रहेछ, येशु ख्रीष्टलाई कसरी ग्रहण गर्नुभयो ?

म पहिलेदेखि नै ख्रीष्टियन स्कूलमा पढेको, मेरो प्रिन्सिपल ख्रीष्टियन, मेरो मामा पनि ख्रीष्टियन हुनुहुन्थ्यो । त्यतिबेला नै येशु ख्रीष्टका बारेमा थाहा पाएको हुँ । जब म गायनको क्षेत्रमा अघि बढ्दै थिएँ, साथीभाईहरूसँग जमघट गर्ने, पिउने गर्दथें तर जब प्रभुलाई नजिकबाट चिनें, विश्वास गरें र ग्रहण गरें तब सबै खराब संगतलाई छोड्न सकें । त्यसपछि अरुलाई सीप सिकाउने, असल कुरा सिकाउने गर्न थालें । येशु ख्रीष्टले नै ममा परिर्वतन गर्नुभएकोले नै म प्रभुमा आएको हुँ ।

तपाईंले येशु ख्रीष्टलाई ग्रहण गर्नुभएको कति वर्ष अघि हो ?

यो घटना दश बाह्र वर्ष अघिको हो, जुन कारणले मेरो जीवनलाई परिवर्तन गरिदियो ।

येशु ख्रीष्टलाई ग्रहण गरेपछि तपाईंको जीवनमा के परिवर्तन आयो ?

धेरै नै परिवर्तन आएको छ, मेरो जीवनमा । प्रभु पाउनु भन्दा अघि भिडमा हुँदा पनि एक्लो महशुुस हुन्थ्यो तर अहिले एक्लो हुँदा पनि मनमा आनन्द छ । संसारको धनसम्पत्तिले किन्न नसकिने आनन्द पाएको छु ।

तपाईंको परिवारमा को को हुनुहुन्छ ?

मसँग मेरी श्रीमती र छोरा गरी हामी तीन जनाको सानो परिवार छ ।

विवाह कहिले गर्नुभयो ?

ख्रीष्टलाई ग्रहण गर्नुभन्दा अघि बि.सं २०६२ को जेठ २९ गतेका दिन हामीले विवाह गरेका हौं ।

तपाईंहरूले कस्तो खालको विवाह गर्नुभयो नि ?

जब हामीमा माया बस्यो, हामीले भागी विवाह गर्नुपर्यो किनकि हाम्रो इन्टरकाष्ट म्यारिज हो । उनी कुवँर ठकुरी हुन् । पछि परिवारको सहमतिमा उहाँहरूले हाम्रो विवाहलाई स्वीकार गर्नुभयो ।

अहिले के गर्दै हुनुहुन्छ ?

एउटा नयाँ एल्बम निकाल्दैछु, जुन एल्बममा ख्रीष्टियन गीत मात्र हुनेछ । यो एल्बममा ख्रीष्टियन गीत मात्र भएपनि सबैको लागि हुनेछ । जुन एल्बममा समेटिएका गीतले मोटिभेशन तथा उत्साह दिने खालको हुनेछ ।

भविष्यको योजना के छ ?

त्यस्तो ठूलो योजना त होइन तर समाजमा गीत सङ्गीत सिक्न चाहनेहरूका लागि म्युजिक स्कूल खोल्ने कोशिष रहनेछ । आफ्नो स्वर र सङ्गीतद्वारा प्रभुलाई महिमा दिन चाहन्छु ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

प्रभुको सेवकाइ स्वार्थी भएर नगरौंं तर प्रभुको सेवाको निम्ति नमूना भएर काम गरौं । हाम्रो बोली, व्यवहार र कामबाट प्रभुलाई महिमा दिने हुनुपर्दछ । सम्पूर्ण श्रोताहरूले मेरो स्वर तथा गीतहरू मन पराइदिनु होला । धन्यवाद ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...