२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कोरोना भाइरस बारे सावधान गराउने डाक्टर लि वेन लियाङ ख्रीष्टियन थिए

मितिः २०७६ फागुन २, काठमाडौं । कोरोना भाइरसको बारेमा सावधान गराउने डाक्टर लि वेन लियाङ (Doctor Li Wen Liang) एक समर्पित ख्रीष्ट विश्वासी थिए भन्ने कुरा हालै प्रकाशमा आएको छ ।

डाक्टर लि वेन लियाङ एक ३४ वर्षीय एक नेत्र विशेषज्ञ थिए, जसले गत डिसेम्वर ३० तारिखका दिनमा पहिलोपल्ट नोवल कोरोना भाइरसको बारेमा आवाज उठाएका थिए । डाक्टर लि परमेश्वरमा विश्वास गर्ने व्यक्ति थिए, जसले येशुलाई उसको जीवनको मुक्तिदाता भनेर चिनेका थिए । सायद त्यहि भएर होला, उनले सत्य कुरा रिपोर्ट गर्न डर मानेनन् । तर चीनको सरकारले उनलाई हल्ला फिजाएको आरोपमा गिरफ्तार गरेको थियो ।

अहिले चीनभरि मात्र नभई पुरै विश्वभरि नै डाक्टर लि वेनको चर्चा छ । उनले नै नोवल कोरोना भाइरसका बारे पत्ता लगाएका थिए । उनी कोरोना भाइरस संक्रमितहरूको उपचारमा लाग्दालाग्दै आफै पनि संक्रमित भए र गत फेब्रुअरी ७ तारिख त्यहाँको स्थानीय समयअनुसार विहान २ः५८ बजे स्वर्गका पितासँग अनन्ततामा रहन गए । साथै उनले मर्मस्पर्शी एउटा कविता लेखेर बिदा भएको जनाइएको छ ।

आफैलाई रोगले नभेटेसम्म उनले निरन्तर बिरामीहरूको उपचारमा लागि रहे । डाक्टर लि वेनले येशुले जस्तै संकटको समयमा पनि पिडितहरूको सेवामा मृत्युसम्मै आज्ञाकारी भएर एउटा नमुना छोडेर गए । उनको परिवारमा आठ महिनाको गर्भवती श्रीमती (जसलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ) र साथमा एउटा छोरा पनि रहेको जानकारीमा आएको छ ।

साथै गत फेब्रुअरी ११ तारिखसम्म आइपुग्दा चीनमा कुल एक हजार ७१६ जना स्वास्थ्यकर्मी यस भाइरसबाट संक्रमित भइसकेको र ६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको कुरा राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले जानकारी गराएको छ ।

संकलन तथा अनुवाद: पास्टर मुरारी पाण्डे

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...