२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बाइबलले यौन सम्बन्धका बारेमा के भन्छ ?

थोमस बोगटी । 

यौन सम्पर्कका बारेमा सबै जनाले चर्चा र विचार गरिरहेका हुन्छन् । यद्यपि यस सम्बन्धी इमान्दारीपूर्वक छलफल गर्न सबै हिच्किचाउँछन्। तपाईंले यौनका बारेको छलफलमा परमेश्वरलाई ल्याउनुभयो भने मानिसहरू झन बढी असहज अनुभव गर्छन् । तिनीहरूको जीवनमा परमेश्वरले यौन सम्बन्धी वास्ता गर्नुहुने कुरामा विश्वास गर्न कठिन भएको छ । अनि धेरै जनाले यसलाई तिनीहरूको व्यक्तिगत जीवनको विषयवस्तुमा हस्तक्षप भएको भन्दै रिसाउँछन् । सायद यहाँ धेरै छन्, जसले आफ्नो यौन व्यवहारलाई विश्वासभन्दा फरक ठान्छन् ।

हाम्रो संस्कृति यौनसँग बढी अनियन्त्रित भइरहेको छ र धेरै गलत बुझाइहरूको विकासले गर्दा अधिक मानिसहरूलाई चर्च बाहिर र भित्र अन्योलमा पारेको छ । तिनीहरू यस्तो प्रश्नहरूसँग संघर्ष गरिरहेका छन्: परमेश्वरले किन यौन सम्पर्कलाई मन पराउनुहुन्न ? मेरो यौन सम्पर्क गर्ने इच्छाले के कुनै फरक पार्छ ? हामी विवाह नगरूञ्जेल कति हद पार गर्न सक्छौँ ? हामीले एक अर्कालाई प्रेम गरूञ्जेल जे पनि गर्न उचित छैन र ? प्रेमले यसो गर्नु ठीकै हो जस्तो देखाउँदा पनि किन मलाई दोषी महसुस हुन्छ ?

परमेश्वरले बाइबलमा विवाह बाहिर र भित्रको यौनका विषयमा धेरै बताउनुभएको छ । परमेश्वर यौन विरोधी नहुनुभएको जान्न पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ । तर उहाँले यौनलाई सृष्टि गर्नुभयो र उहाँले यसलाई यति बहुमूल्य ठान्नुहुन्छ कि हामीले त्यसलाई उचित तवरले सदुपयोग गरेको उहाँ चाहनुहुन्छ ।

धेरै मानिसहरू यौनलाई शरीरको लागि भोजन र पानी झैं आवश्यक तत्वको रूपमा हेर्छन् । यसलाई गहन आत्मिक अर्थ अनुसार नबुझी एउटा अपरिहार्य भोजन झैं सम्झन्छन् । प्रारम्भिक कालदेखि मानिसहरूले यौनको शुद्धतालाई महत्व नदिएको पाइन्छ । यसलाई परमेश्वरको अद्वितीय वरादन स्वरूप लिएका छैनन् ।

तपाईंले जे सुन्नु भए पनि हामीलाई सृष्टि गर्नुहुने परमेश्वर यौनको विरुद्धमा हुनुहुन्न । वास्तवमा उहाँले सुरुदेखि नै पुरुष र महिलालाई एक बनाउन यौन बनाउनुभयो । कुनै वैकल्पिक योजना थिएन किनभने मानिसको लागि उसको पत्नीभन्दा असल सहयोगी अरू कोहि हुन सक्छ भन्ने परमेश्वरलाई लागेकै थिएन । तसर्थ परमेश्वरले यौन सम्बन्ध रच्नुभयो, यौन सम्बन्ध हुनु भनेको दुई शरीर एक हुनु हो । यो एकता, रोमाञ्चक सहकार्यको साँचो आशिष हो । परमेश्वरले विवाहभित्र यौन सन्तुष्ट हुन हाम्रो जीवनलाई योजनाबद्ध रूपमा बनाउनुभयो ।

विवाहको सीमाभित्रको यौन सम्बन्ध अधिक रमणीय हुन्छ । यसले एकता र पूर्णताको आयाम ल्याउँछ जुन यसलाई अनुभव नगर्नेहरूले व्याख्या गर्न सक्दैनन् । तर विवाह बाहिरको यौन सम्पर्कले परमेश्वरको योजनालाई तोडी हामीमा चोट, दोष, लाज र अशुद्धता ल्याउँछ ।  समयको सुरुवातदेखि परमेश्वरको योजना अपरिवर्तनीय छ । हाम्रो परम्पराले यौनक्रियालाई जति नै परिवर्तन गरी नयाँ चिनारी दिएपनि यौनको सृष्टिकर्ता परमेश्वरले यौन सम्बन्धको लागि स्पष्ट सीमा तोक्नुभएको छ । यौन सम्बन्ध एक पुरुष र एक महिलाले वैवाहिक जीवनभित्र मात्र अभ्यास गर्न बनाइएको हो । परमेश्वरको निर्देशनअनुसार मात्र यौन सम्बन्धमा पूर्ण आनन्द र सन्तुष्टी हुन्छ तर परमेश्वरको योजना बाहिर अभ्यास गर्दा यौन घातक र जोखिमपूर्ण हुन्छ ।

यौनदुराचारी र अभिलाषाले भरिएको संस्कृतिको बिच परमेश्वरको योजनालाई पछ्याउनु अनुचित र पुरानो विचार लाग्न सक्छ तर परमेश्वरको इच्छा अनुसार वैवाहिक जीवनभित्र मात्र यौन सम्बन्धमा रहनु नै बहुमूल्य वरदानमा रमाउने एक मात्र सुरक्षित बाटो हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...