२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बिल ब्राइट जसले जिजस फिल्म बनाए

तिनीभन्दा अघिल्ला सन्तान गर्भमै तुहिएकोले तिनी गर्भमा आउँदा तिनकी आमा चाहिँले परमेश्वरसँग विशेष प्रतिबद्धता जनाएकी थिइन् । तिनकी आमाले बच्चा स्वस्थ जन्मेको खण्डमा तिनलाई परमेश्वरको सेवामा अर्पण गर्ने वाचा बाँधेकी थिइन् । यस पटक बच्चा गर्भमा तुहिएन ।

तिनी मण्डलीमा उपस्थित त हुन्थे तर तिनले धर्मलाई जीवनको हिस्साको रुपमा हेर्दैनथे । तिनको लागि कडा मेहनत र इमान्दारी मण्डलीमा उपस्थित हुनु भन्दा महत्वपूर्ण थियो । किशोर अवस्थामा आइपुग्दा तिनको बुझाई रहेको थियो कि ख्रीष्टियन धर्म केटाकेटी र स्त्रीहरूका लागि हो, तिनी जस्ता मर्दका लागि होइन । तिनी आफ्नो नाउँ प्रसिद्ध बनाउन चाहन्थे । तर भविष्य मान्छेको नियन्त्रणमा नहुने भएकोले जीवन सधैं उसले अपेक्षा गरेको दिशामा लम्कँदैन । सन् १९४५ मा ती मेहनती युवाको जीवनमा निर्णायक साल साबित भयो । तिनले येशु ख्रीष्टको खोजी गरेका थिएनन् तर येशु ख्रीष्ट तिनको खोजी गर्दै हुनुहुन्थ्यो । ख्रीष्टियनमत र मण्डलीको बारेमा तिनको जे–जस्तो दृष्टिकोण रहेको थियो, ती सबै एकै क्षणमा धुजाधुजा भएर गए । २४ वर्षको उमेरमा तिनी नयाँ सृष्टि बने ।

सन् १९५१ मा ब्राइटले क्याम्पस क्रुसेड फर क्राइष्ट नामक ख्रीष्टियन संस्थाको स्थापना गरे । कलेजका विद्यार्थीहरूप्रति लक्षित यस संस्थाका २५,००० भन्दा बढी मिसनरी १९१ भन्दा बढी देशमा सक्रिय छन् । सन् १९५२ मा ब्राइटले चार आत्मिक नियमहरू नामक सुसमाचारीय पर्चा लेखे । यस पर्चालाई संसारका प्रायः सबै मुख्य भाषाहरूमा अनुवाद गरिएको छ र १० करोड भन्दा बढी बिक्री वितरण गरिएको छ ।

सन् १९७९ मा ब्राइटले जिजस फिल्मको निर्माण गरे । लुकाको सुसमाचारमा आधारित यो फिल्म १,४०० भन्दा बढी भाषामा उपलब्ध छ । न्युयोर्क टाइम्सका अनुसार सम्भवतः सबै भन्दा धेरै हेरिएको फिल्म यही नै हो । संसारका ३ अरबभन्दा बढी मानिसले यसलाई ५ अरबभन्दा बढी पटक हेरिसकेका छन् भनि दाबी गरिएको छ ।

ब्राइटले धर्ममा गरेको उन्नतिको प्रशंसा गर्दै सन् १९९६ मा तिनी १० करोड नेपाली रुपैयाँ बराबरको टेम्प्लेटन पुरस्कारबाट सम्मानित भएका थिए, जुन पैसालाई तिनले आत्मिक लाभको बढवा गर्न चन्दा दिएका थिए ।

सन् १९२१ को अक्टोबर १९ तारिखका दिन अमेरिकामा जन्मेका ब्राइट बिसौं शताब्दीका सर्वश्रेष्ठ प्रभावशाली सुसमाचार प्रचारकहरूको अग्रसूचीमा पर्छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...