२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार

माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण गरेको छ । केहि दिन पहिले चीनको बेइजिङ पुगेर बिल गेट्स स्वयम्ले त्यसको उद्घाटन गरेका हुन् ।

उक्त ट्वाइलेटले पानी र ढल बिनै सिधै मानव मलमुत्रलाई मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ । त्यसका लागि ट्वाइलेटको प्यान (चर्पीमा दिसा बस्ने ठाउँ) लाई प्राविधिक रुपमा निमार्ण गरिएको छ । जसले मानव मलमुत्र एउटैमा मिलाएर त्यसमा विभिन्न केमिकल प्रयोग गरि तुरुन्तै मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ ।

यो ट्वाइलेटको अनुसन्धानको लागि मात्रै बिल गेट्सको निजी लगानीको सामाजिक संस्था बिल मेलिंडा गेट्स फाउन्डेसनले २० अर्ब लगानी गरेको उल्लेख छ । उद्घाटन कायक्रममा बोल्दै गेट्सले अनुसन्धान र त्यसको लागतको विषय खुलाएका हुन् ।

‘हरेक पाँच वर्षमा ट्वाइलेटबाट निस्कने किटाणुले लाखौं बालबालिका विभिन्न रोगबाट ग्रसित भइरहेका छन्, उनले भने, ‘त्यसका लागि उपचार र अन्यमा गरी अर्बौ खर्च भएको छ । त्यसैले यो ट्वाइलेट निमार्णको लागि संस्थाले २० अर्ब लगानी गरेको हो ।

यसलाई आउँदा वर्षहरूमा विश्वले प्रयोग गर्ने ट्वाईलेटको रुपमा लिइएको छ । यसको विकास र बजार विस्तारको लागि यति नै थप रकम खर्च हुने गेट्सले बताएका छन् । हाल ट्वाइलेटमा दिसा पखाल्न ठूलो मात्रामा पानीको प्रयोग भइरहेको छ । पानीको प्रयोगलाई कम गर्न पनि यसले मद्दत गर्ने गेट्सको भनाई छ । साथै ट्वाइलेटबाट निस्किने किटाणुबाट बच्न यसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

गेट्सका अनुसार यो ट्वाईलेटमा विभिन्न मोडल र विभिन्न केमिकल प्रयोग गर्न सक्ने गरी अनुसन्धानको काम भइसकेको छ । ‘अनुसन्धानकर्ताहरूले आफ्नो मोडल सहितको जानकारी लगानीकर्तालाई दिन बाँकी छ, । गेट्सले भनेका छन्, ‘अबको बाटो भनेको ठूलो परिणाममा त्यसको उत्पादन नै हो । सन् २०३० सम्म यसको बजार ६ खर्ब भन्दा बढीको हुने पूर्वाअनुमान उनले गरेका छन् ।

संकलनः पास्टर मुरारी पाण्डे

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...