२०८१ बैशाख १८, मङ्लबार
2024 April 30, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

परमेश्वरले तपाईंको जीवनमा उदेकको काम गर्दै हुनुहुन्छ

दिनेश श्रेष्ठ ।

कतिपय मानिसहरू आफ्नो जीवनका बारेमा यसरी सोच्छन्, मैले जिएको यो मेरो जीवन मेरै हो, आफ्नो जीवनका बारेमा आफू खुशी म निर्णय गर्न सक्छु, आफ्नो तरिकाले आफ्नो जीवन बाँच्न म सक्छु, किनकि मैले जिएको यो जीवन मेरो हातमा छ । जसै आफ्नो जीवनमा उसले आफू खुशी निर्णय गर्छ अनि आफू खुशी आफ्नो जीवन जिउन थाल्छ । तर आफ्नो जीवनमा आफूले सोचेजस्तो नभएपछि उसले आफैले आफैलाई धिर्काछ र आफ्नो जीवनलाई तुच्छ ठान्दछ । धर्मशास्त्र बाइबलको हितोपदेश ३ अध्यायको ६ पदमा यसरी लेखिएको छ, “आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ ।” हामीले आफ्नो जीवनको मार्गमा सृष्टिकर्ता परमेश्वरलाई सम्झनुपर्दछ र उहाँलाई हाम्रो जीवनमा काम गर्न दिनुपर्दछ । माथि उल्लेखित हितोपदेश ३ अध्यायको ६ पदअनुसार आफ्नो जीवनमा अब आफ्नो निर्णयअनुसार होइन तर परमेश्वरको निर्णयअनुसार अर्थात उहाँको मार्ग अनुसार हामी हिड्यौं भने निश्चय नै उहाँले हाम्रो घुम्ति नै घुम्ति बाटो जस्तो भएको जीवनको मार्गलाई सोझो तुल्याइदिनुहुनेछ ।

कतिपय अवस्थामा दुष्ट शैतानले हामीलाई भन्छ, तैंले केहि जानेको छैनस्, पढेको पनि छैनस्, बोल्न पनि त्यति जान्दैनस्, त्यसैले तैंले केहि पनि गर्न सक्दैनस् । धेरै पटक हामीले अन्जानमै आफूलाई परमेश्वरको नभएर शैतानको आवाज सुन्ने बनाइराखेका हुन्छौं । अनि शैतानको आवाजलाई सुनेर निराश हुँदै हामी पुर्पुरोमा हात राख्दै भन्छौं कि म केहि गर्न सक्दिनँ । परमेश्वरले मलाई के भन्दै हुनुहुन्छ भनेर हामी कहिल्यै पनि सुन्दैनौं अनि सुन्न पनि चाहँदैनौं । उहाँले हामीलाई जहिले पनि भन्नुहुन्छ, ए मेरो छोरो ¤ तँ गर्न सक्छस्, उठ् र प्रकाशमान हो । परमेश्वरले हामीमा राखिदिनु भएको अपार सम्भावनाहरूका बारेमा हामी अनभिज्ञ रहेका हुन्छौं । उहाँ त्यही परमेश्वर हुनुहुन्छ, जसले भेडा गोठालो दाऊदलाई इस्राएलको राजा हुन चुन्नुभएको थियो । दासको जीवन जिउने दानियललाई बडाहाकिम बनाउनुभएको थियो । निश्चय नै उहाँले हामी हरेकबाट महान कामहरू गर्न सक्नुहुन्छ र हामीले उहाँको आवाज सुनेर त्यो महान काम गरेको चाहनुहुन्छ । दुनियाँले तँ यो कामको लागि योग्य छैनस् भनेर भनेको भएता पनि वा उक्त काममा हजारौं पटक असफलता हात लागेता पनि हामीले हरेस खानुहुँदैन ।

वाल्ट डिस्नीलाई कुनै प्रतिभा नभएको व्यक्ति भनेर थुप्रै पत्रिकाका सम्पादकहरूले उनलाई काम दिन अस्वीकार गरे तर एकदिन उनी संसारकै चर्चित एनिमेटर बन्न सफल भए । उनी विश्वबिख्यात डिस्नी कम्पनीका मालिक, मिक्की माउस लगायतका अरु थुप्रै चर्चित कार्टुनहरूका सिर्जना गर्ने व्यक्ति बन्न पुगे । त्यसैगरी थोमस एडिसन दश हजार पटक भन्दा बढी असफल हुँदा पनि हिम्मत हारेनन्, अन्ततः बिद्युतिय चिम बनाई छाडे र त्यसबाट प्रकाश उत्पादन गरेर सफलता हात पारे ।

हामी धेरैजसो आफैले आफूलाई हेरेर असन्तुष्ट हुन्छौं, आफैले आफूलाई यस्तो सोच्छौं कि म केही गर्न सक्दिनँ । किनकि यर्थाथमा जति गर्न खोजे पनि केहि काम भएको हुँदैन, सधैं असफलता मात्रै हात लागेको हुन्छ । त्यसैले हामी निराश हुन्छौं अनि म त केहि पनि गर्न सक्दिन, म त तुच्छ मान्छे भनेर हामीले आफैलाई तुच्छ बनाइ रहेका हुन्छौं तर पवित्र धर्मशास्त्र बाइबलको यशैया ४३ अध्यायको १९ पदमा यसरी लेखिएको छ, “हेर, म एउटा नयाँ कुरो गर्दैछु ¤ त्यो अब हुन आउँछ । के तिमीहरू त्यो देख्दैनौं ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु ।”

तसर्थ परमेश्वरले तपाईंको जीवनमा उदेकको काम गर्न चाहनुभएको कुरालाई बुझ्नु आवश्यक छ । अनि उहाँलाई नै तपाईंको जीवन सुम्पनु पर्दछ साथै तपाईंको जीवनको बारेमा आफै निर्णय नगरी परमेश्वरलाई निर्णय गर्न दिनुपर्दछ । तपाईंले कुनै पनि बहानामा उहाँले गर्न लाग्नु भएको कामलाई नछेक्नुहोस् । जब तपाईंले आफ्नो जीवनमा परमेश्वरलाई काम गर्न दिनुहुन्छ तब तपाईंको जीवनमा परिवर्तन आउन थाल्नेछ । तपाईंका नबनेका कामहरू बन्न थाल्नेछन् । तपाईंका असफलताहरू सफलतामा परिवर्तन हुन थाल्नेछन् किनकि परमेश्वरले तपाईंको जीवनमा उदेकको काम गर्दै हुनुहुन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...