२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हात खुट्टाविना जन्मिएका निक भए ख्रीष्टियन बक्ता

४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए, जसलाई मेडिकल भाषामा टेट्रामेलिया सिन्ड्रोम भनिन्छ । जन्मपश्चात नर्सले तिनलाई आमाको सामु ल्याउँदा आमाले तिनलाई हेर्न समेत इन्कार गरेकी थिइन् । अन्ततः निककी आमा र बुबाले आफ्नो छोराको अवस्थालाई स्वीकार गरे र त्यसलाई तिनीहरूको जीवनमा परमेश्वरको योजनाको रूपमा ग्रहण गरे । निकका दुईवटा ससाना कुरुप पैताला भने थिए । जन्मँदा तिनका पैतलाका औंलाहरू गाँसिएका भएतापनि कुनै कुरा समात्न, पाना पल्टाउन र अन्य क्रियाकलापहरू गर्न ती औंलाहरूलाई प्रयोग गर्न सकून् भनेर शल्यक्रिया गरेर ती अलग गरिएका थिए । विद्युतीय व्हिलचियर, कम्प्युटर र मोबाइल फोन चलाउनलाई तिनी आफ्ना पैतलाहरू प्रयोग गर्न सक्छन् । तिनले आत्महत्याको प्रयास नगरेका होइनन् तर तिनी सफल हुन सकेनन् । तिनको यस्तो असाधारण शारीरिक अवस्थाका बाबजुद पनि तिनको बाल्यवस्था भने साधारण किसिमले बितेको थियो ।

एकदिन आमाले निकलाई अखबरमा प्रकाशित कुनै एक अपाङ्गता भएको मानिस देखाइन्, जसले तिनलाई हौसला मिलेको थियो । त्यसपछि तिनले आफ्नो प्रार्थना गर्ने समूहमा आफ्नो मुख खोल्न थाले । २१ वर्षको उमेरमा तिनले स्नातक पूरा गरे ।

सन् २००५ मा निकले लाइफ विदआवट लिम्ब्स नामक अन्तर्राष्ट्रिय नाफारहित संस्था र सेवा–कार्य स्थापित गरे । त्यसको दुई वर्षपछि तिनले अर्को कम्पनीको थालनी गरे । एक लघु फिल्ममा नायकको भूमिकामा देखा परेका निकलाई त्यसको सर्वोत्कृष्ट अभिनेताको पुरस्कार दिइएको थियो । सन् २००६ मा निक अमेरिका प्रस्थान गरे र २०१२ मा केनी मियाहरासित बैवाहिक बन्धनमा बाँधिए । यी दम्पत्तिलाई परमेश्वरले दुई छोरा र जुम्ल्याहा दुई छोरीहरू सन्तानका रुपमा दिनुभएको छ ।

सन् २०१० मा प्रकाशित निकको पहिलो पुस्तकलाई ३० ओटाभन्दा बढी भाषामा अनुवाद गरिएको छ । तिनका डिभीडी साथै लघु फिल्म बजारमा पाइन्छन् । तिनका अन्य कृतिहरू पनि प्रकाशित भएका छन् ।

हात र खुट्टाविना नै जन्मेका भएतापनि निक एक ख्रीष्टियन प्रचारक र प्रेरणादायी वक्ताको रुपमा यस संसारमा परिचित छन् । ३८ वर्षमा प्रवेश गरेका निक आफ्नो शारीरिक दुर्बलताको बाबजुद पनि यसो भन्छन्, “तपाईं जुनसुकै परिस्थितिमा पनि खुशी हुन सक्नुहुन्छ । तपाईं केवल परमेश्वरमाथि विश्वास गर्न आवश्यक छ ।”

प्रस्तुतिः कमल अधिकारी

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...