२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै

समाचार एजेन्सी । सूचना प्रविधिको विकास दिनानुदिन बढ्दो छ । सूचना प्रविधिको विकास जुन रुपले बढ्दो छ, ठीक त्यसैगरी यसको लोकप्रियता पनि त्यतिकै मात्रामा बढिरहेको छ । बिशेषगरी युवा पुस्तामाझ यसले राम्रैसँग जरा गाडेको पाइन्छ । फेसबुक, ट्वीटर, इन्ट्राग्राम जस्ता सामाजिक सञ्जाल आज खबर आदान प्रदान र मित्रताको निम्ति वरदान सावित भइरहेको बेला यसले समाज र परिवारमा विविध नकारात्मक असर पारेका समाचारहरू पनि प्रकाशित भइरहेका छन् । पछिल्लो दिन खासगरी नेपाल जस्ता तेस्रो मुलुकहरूमा सामाजिक सञ्जालहरूका कारण अपराधिक कार्यहरू बढेको बताइएको बेला सामाजिक सञ्जालको सकारात्मक प्रभावबारे एक रोचक तथ्य सार्वजनिक भएको छ ।

हालै अमेरिकामा सार्वजनिक गरिएको एक खोजको परिणाम अनुसार २० प्रतिशत युवाहरूले सामाजिक सञ्जालको माध्यमबाट सु–समाचार सुनाएको बताएका छन् । १९ प्रतिशतले रक संगीत सुनेको र करिब त्यति नै प्रतिशतले बाइबलीय प्रवचन सुनेको बताएका थिए । यस खोजको परिणाम अनुसार पछिल्लो दिन लोकप्रिय रहेको रक संगीत वा टेलिभिजनबाट सु–समाचारको निम्ति दिइने प्रवचन भन्दा युवाहरूले सामाजिक सञ्जालको माध्यमबाट केही बढी मात्रामा सु–समाचार सुनिरहेको थाहा हुन आएको छ । अझ रोचक कुरा त के छ भने ४० प्रतिशतले त झन् येशूको बारेमा अफ्लाइन सन्देश साथीहरूलाई छोड्ने गरेका छन् । सो खोज पेऊ रिसर्च सेन्टरले सार्वजनिक गरेको हो ।

हामीले प्रयोग गर्न जान्यौं भने सामाजिक सञ्जालको माध्यमबाट पनि सु–समाचार सुनाउन सक्ने रहेछौं । केवल फोटो अपलोड, कमेन्ट तथा लाइकस्, कसैको व्यक्तिगत तथा धार्मिक, राजनीतिक विषयमा मात्र केन्द्रीत हुनु भन्दा सामाजिक सञ्जाललाई सु–समाचारको एउटा माध्यम पो बनाउने हो कि !

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...