२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जाडोमा सौन्दर्यको हेरचाह

 निशा श्रेष्ठ

गर्मी महिनाको कडा घाम होस् वा जाडो महिनाको चिसो हावाको नकरात्मक प्रभावबाट हाम्रो सम्पूर्ण शरीर लगायत अनुहार र हात गोडाको सौन्दर्यमा नराम्रो प्रभाव पर्दछ । विशेष गरेर जाडो महिनाको चिसो हावा र ठण्डापनको कारणबाट हाम्रो हात गोडा र अनुहारको छाला फुट्ने र खस्रो हुने हुन्छ । यस्तो नहोस् भन्नको लागि हामीले समयमा नै सचेत हुनुपर्दछ । जाडो महिनामा सबैभन्दा धेरै असर सुख्खा छाला हुनेहरूलाई पर्दछ । यस्तो प्रकारको छाला हुनेहरू अलिकति पनि असावधान भएमा शरीरको विभिन्न अंग जस्तै हात, खुट्टा, अनुहार, पैताला, ओठ आदि फुट्नुको साथ साथै रगत पनि निस्कने सम्भावना हुन्छ । यस्तो बेलामा हामीले हाम्रो शरीरको धेरै जस्तो भाग खुल्ला नराखेर सकेसम्म कपडाहरूले ढाक्ने प्रयास गर्नुपर्छ । जाडो महिनामा हात गोडा र अनुहारमा सकेसम्म साबुनको प्रयोग गर्नुहुँदैन । त्यसमा पनि यदि छाला सुख्खा प्रकारको छ भने त झनै साबुन प्रयोग गर्नुहुँदैन ।

जाडो महिनामा छाला सुख्खा नहोस् र नफुटोस् भनेर विभिन्न कोल्ड क्रिम, लोसन आदि प्रयोग गर्न सकिन्छ । यसको सट्टामा दुधको तर, नौनी आदि पनि प्रयोग गर्न सकिन्छ । जाडो होस् या गर्मीमा किल्जिङ्ग मिल्क एकनाससँग प्रयोग गर्न सकिन्छ । यसको सट्टामा काँचो दुध पनि प्रयोग गर्न सकिन्छ । अनुहारमा किल्जिङ्ग मिल्कको प्रयोग पछि अनुहारलाई कपास भिजाएर अथवा तौलिया भिजाएर पुछ्नुपर्छ । त्यसपछि अनुहारमा जाडो यामको लागि स्कीन टनिक अथवा हल्का कोल्ड क्रिम लगाउन सकिन्छ । जाडो याममा हात खुट्टा तथा ओठ पनि फुट्ने हुन्छ । यसबाट बच्नको लागि हेण्ड लोसन, ग्लिसिरिन आदि हात खुट्टामा लगाउनुपर्छ । ओठमा चाहिँ कोल्ड क्रिम अथवा दुधको तर लगाउन सकिन्छ । गर्मी महिनाको तुलनामा जाडो महिनामा त्यति हिलो धुलो नहुने र हाम्रो शरीरबाट पसिना पनि कम निस्कने भएका कारणले गर्दा दिनदिनै ननुहाउदा पनि फरक पर्दैन । यतिबेला नुहाउनको लागि तातो पानीको प्रयोग गर्न सकिन्छ । यतिबेला नुहाउनको लागि तातो पानीको प्रयोग गर्न सकिन्छ र जाडो याममा कडा र रङको कपडाहरू प्रयोगमा ल्याउन सकिन्छ । अनुहारमा पनि विभिन्न प्रकारको श्रृंगार गर्न सकिन्छ । यो मौसममा हात खुट्टा अनुहार फुट्ने बाहेक अरू त्यति सौन्दर्य सम्बन्धी समस्याहरू भोग्नुपर्दैन र गर्मी समयको तुलनामा स्वास्थ्य पनि खराब हुँदैन ।

  • जाडो महिनामा हरेक रात सुत्नुभन्दा अगाडि हात खुट्टा र अनुहार धोएर ग्लिसिरिन लगाउने गरेमा राम्रो हुन्छ ।
  • जाडो महिनामा यदि अनुहार फुटेर खस्रो भएको छ भने दुध र मैदा मिलाएर पेष्ट बनाएर अनुहारमा दल्यो भने अनुहार नरम र सफा हुन्छ ।
  • सर्स्युलाई दुधमा पिँधेर लेदो बनाएर अनुहारमा एकक्षण दल्यो भने अनुहार सफा र नरम हुन्छ ।
  • बदामको तेलमा मैनलाई पकाएर बोतलमा भरेर राख्ने र जाडो समयमा छाला सुख्खा भएको ठाउँमा लगाउँदा धेरै नै फाईदा गर्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...