२०८१ बैशाख १८, मङ्लबार
2024 April 30, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आजको_वचन

रवि श्रेष्ठ । प्रस्थान ३०:२२-३३ (अभिषेक गर्ने तेल मात्र परमेश्वरबाट दिएको विशेष काम गर्न चिन्हको निम्ति दिएको थियो) फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,“तैंले असल-असल मसला, अर्थात्‌ पाँच सय शेकेल* तरल मूर्र र त्‍यसको आधा, अर्थात्‌ अढ़ाइ सय शेकेल* दालचिनी, र अढ़ाइ सय शेकेल बोझो, र पाँच सय शेकेल तेजपात– यी सबैको नाप पवित्रस्‍थानको शेकेलको हिसाबले होस्‌– र एक हीन* भद्राक्षको तेल लिएर अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात्‌ बास्‍ना दिने सुगन्‍धित मसला बनाउनेले झैँ बनाउनू । अभिषेक गर्ने त्‍यो पवित्र तेल होस्‌ । भेट हुने पाल र गवाहीको सन्‍दूक, र टेबिल, त्‍यसका सबै सामान समेत, र सामदान, त्‍यसका सबै सामानसमेत, र धूपको वेदी, होमबलिको वेदी, त्‍यसका सबै सामानहरू, र धुने बाटा, त्‍यसका खुट्टाहरू समेत, त्‍यसैले अभिषेक गर्नू । यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्‌ । जुन चीजले तिनीहरूलाई छुन्‍छ त्‍यो पवित्र हुनेछ । “हारून र त्‍यसका छोराहरूलाई अभिषेक गरेर तिनीहरूलाई पवित्र गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्‌ । इस्राएलीहरूलाई यसो भन्‍नू, ‘त्‍यो तिमीहरूका पुस्‍तौँ भरि मेरो निम्‍ति पवित्र अभिषेक-तेल होस्‌’ । त्‍यो कोही मानिसको शरीरमा नखन्‍याऊन्‌, र त्‍यही पदार्थहरू मिसाएर त्‍यो जस्‍तै अरू तेल नबनाउनू । त्‍यो चाहिँ पवित्र हो, र तिमीहरू त्‍यसलाई पवित्र ठान । जसले मिसाएर त्‍यो जस्‍तै अत्तर बनाउला, र त्‍यसबाट पूजाहारी बाहेक कोही अन्‍य मानिसको शरीरमा लगाउला, त्‍यो आफ्‍नो मानिसहरूबाट बहिष्‍कृत हुनेछ ।”

# वेदी: परमेश्वरलाई आराधना गर्न निर्माण गरिएको,बलिदान गर्न,समर्पण गर्न निर्माण गरिएको हो । # काँसा: प्रभु येशू ख्रीष्टले पापीहरुको पापलाई पखाल्न बलिदान हुनुभयो भनेर संकेत गर्दछ ।

# अभिषेक: सर्वप्रथम अभिषेक पहिले स्वर्गबाट आउनुपर्छ । अभिषेक भनेको विशेष काम परमेश्वरबाट गर्नको निम्ति दिएको हो । अभिषेक जो पाए त्यसलाई परमेश्वरले दिनुहुँदैन।  उहाँले बोलावट गर्नुभएको, चुन्नुभएको, छान्नुभएको, उहाँको इच्छा र योजनामा पूरा रूपमा आज्ञाकारी भएर चल्ने व्यक्तिलाई मात्र उहाँले अभिषेक गर्नुहुन्छ । कुनै पनि मान्छेले कुनै पनि व्यक्तिलाई टाउकोमा हात राखेर प्रार्थना गर्दैमा अभिषेक स्वर्गबाट झर्छ, एक ठाउँबाट अर्को ठाउँमा सर्छ भन्नू सरासर गलत हो । पाप सरे झै अभिषेक कहिले पनि सर्दैन । मानिसबाट गरिएको अभिषेकले केही पनि काम गर्ने होला छैन, भ्रममा नपर्नुहोस साँचो र सत्य अभिषेक माथिबाट नै आउनुपर्छ । स्वर्गीय ज्ञान बुद्धि परमेश्वरबाट नै आउँछ, याकूबले नै यसो भन्दछन् । आफ्नो थेओलोजी यहाँ नि ईश्वरशास्त्र प्रयोग गरेर अरुलाई आफ्नो कब्जामा लिनु पाप गर्नु नै हो । टाउकोमा हात राखेर प्रार्थना गर्दैमा तेल लगाएर गर्दैमा अभिषेक कहिले पनि आउँदैन । अभिषेक आउनु नआउनु व्यक्तिमा होइन यो त परमेश्वरको आफ्नो इच्छा र योजनामा भर पर्छ । अभिषेक परमेश्वरले आफै गर्नुहुन्छ, यो व्यक्ति यसबाट अभिषेक भयो भन्नू नै मुर्खता हो । यो व्यक्तिले अरुलाई प्रार्थना गर्दैमा अभिषेक सर्छ वा झर्छ भनेर आँखा चिम्लेर विश्वास गर्नु झन ठुलो मुर्खता हो । अभिषेक गर्ने कुरा कहिले पनि मण्डलीमा नक्कल नगर्नुहोस् । यो त बाइबलमा छ भन्दै हावामा मुक्का नहान्नुहोस्, पछि आफुले गरेको ठूलो भुलको महसुस हुनेछ । बाइबल अनुसार नै अभिषेक हुन दिनुहोस् ,लामो समयसम्म प्रार्थना गर्दै हरेक गतिविधि निगरानीमा राख्दै परमेश्वरबाट अभिषेक हुन्छ कि हुन्न भनेर विचार गर्नुहोस् । कुनै पनि सेमिनारमा गएर अभिषेक लेऊ भन्दैमा तुरुन्तै आँखा चिम्लेर विश्वास नगर्नुहोस् । पहिला यी कुरालाई विचार गर्नुहोस्के,  त्यो मान्छे बाइबल अनुसार सहि छ त ? के त्यो व्यक्ति परमेश्वरबाट नै स्वर्गबाट नै अभिषेक भएको हो त ? के त्यो व्यक्तिको हरेक गतिविधि ठिक छ त ? के त्यो मान्छे बाइबल अनुसार बाइबलीय शिक्षा अनुसार चलेको छ त ? यो कुरामा विचार गर्नुहोस्, प्रार्थना गर्दै पवित्र आत्मालाई सोधपुछ गर्नुहोस् अनि मात्र ठिक ठहरिएमा अघि बढ्नुहोस्, होइन भने नबढ्नुहोस् । परमेश्वरले तपाईंहरुलाई सदबुद्धि देऊन् । परमेश्वरको अनुग्रह निगाह तपाईंहरुको जीवनमा रहिरहोस् ।

#शिक्षा: परमेश्वर पिता पवित्र हुनुहुन्छ, उहाँले पापलाई घृणा गर्नुहुन्छ, पाप परमेश्वर पिताको पवित्रतामा टिक्न सक्दैन, त्यसकारण पापीहरु परमेश्वर पिताको उपस्थितमा जान सक्दैन  । यसकारण जब मोशा परमप्रभुसँग आमने सामने बोल्ने गर्दथे, पिता परमेश्वरसँग होइन तर पुत्र प्रभु येशू ख्रीष्टसँग बोल्नुहुन्थ्यो कारण प्रभु येशू धर्मीलाई होइन पापीलाई उद्दार गर्न आउनुभयो । प्रभु येशू मानिसको रुप धारण गरेर यस संसारमा पापीहरुलाई पापबाट उद्दार गरि मुक्ति दिन आउनुभयो । अब हामीलाई कुनै पनि मठ मन्दिरको आवश्यकता पर्दैन, ख्रीष्ट प्रभु येशूले सबै कुराहरु कलवरीको क्रूसमाअन्त्य गरिसक्नुभयो । अब हामी ढुक्कका साथ हाम्रा स्वर्गीय परमश्वर पितालाई हाम्रो सबै कुरा निर्धक्कसाथ भन्न सक्छौं । अब हामी राजकीय पुजाहारी, निजी प्रजा तथा चुनिएका जाति हौँ । हामी आफै परमेश्वरलाई मन पर्ने पवित्र आत्माको मन्दिर हौँ ।यसकारण परमेश्वरको इच्छा अनुसार चल्नुपर्छ । हामीले अब वर्षको एकचोटि पाप पखाल्नु पर्दैन । हाम्रो सम्पूर्ण पाप २००० वर्ष अघि नै प्रभु येशू ख्रीष्टले कलवरीको क्रूसमा उहाँको पवित्र रगतले हाम्रा सम्पूर्ण पापहरुलाई धोइकन पुरै मेटेर पखाल्नु भयो । अब विश्वासद्वारा हाम्रो पिता पुर्खादेखि हाम्रो सबै  पापहरु पखाली सक्नुभो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...