२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

शरीरमा पानीको कमी हुँदा देखिने १० असरहरू

बैज्ञानिकहरू भन्छन् कि शरीरमा हुने पानीको मात्रा ६० प्रतिशतको केवल १.५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात डिहाइड्रेसनको असर देखा पर्न थाल्दछ । डिहाइड्रेसन धेरै कारणले हुने गर्दछ र तपाईंलाई तिर्खा लाग्नुको अलवा अरु पनि थुपै असर शरीरमा परिरहेको हुन्छ ।

सास गन्हाउनेः हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौं । कामको दौरान तपाईंले बोल्दा जब तपाईंका सहकर्मीहरू परपर सर्छन अनि मात्रै तपाईंलाई महशुस हुन्छ कि तपाईंले पानी पिउनु भएको छैन र तपाईंको सास गन्हाई रहेको हुन्छ ।

शारीरिक क्षमतामा कमीः शरीरमा पानीको मात्रा कम हुनासाथ तपाईंको शारीरिक क्षमतामा कमी आउँछ र शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

सुख्खा छालाः छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रशस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्र होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।

ड्राइभिङ क्षमतामा असरः फिजियोलोजी एण्ड विहभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङ पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखिएको छ ।

थकान: शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिस्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरू पनि थकित हुने गर्छ ।

खराब मुड: शरीरमा पानीको मात्रा कम हुनुको असर शारीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छी हुने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।

शरीर चिसो बनाउँछ: रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्दत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

आँखा धमिलो हुने र तिर्मिराउने: पानीको मात्रा कम हुँदा मांसपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ ।

टाउको दुख्नु: चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिकको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस् सम्भवत टाउको दुखाई हराएर जान्छ ।

कब्जियत गराउँछ: आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईंले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएको बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खाना कडा हुन्छ । जसले गर्दा कब्जियत गराउँछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...