२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मार्टिन लुथर: धर्म सुधारको आन्दोलन

सन् १५१७ को जुनमा मार्टिन लुथरले ९५ वटा थिसिस लेखेर विटनवर्गको कास्टल चर्चमा टाँगी बाइबलसँग नमिल्ने धर्मकार्यको पर्दाफास गरेको इतिहास स्वर्ण अक्षरले लेखिएको छ । त्यो थिसिसले गर्दा प्रोटेस्टेन्टट चर्चहरूलाई जन्म दिएको थियो । जसले रोमन क्याथोलिक चर्चहरूको ईश्वरशास्त्रीय त्रुटि र नैतिक भ्रष्टचार विरुद्ध आन्दोलन गरी बाइबलीय तरिकाले मुक्ति तथा उद्धारको मौलिकतालाई कायम राख्ने प्रतिबद्धता गरेका थिए । आजको दिनसम्म पनि यी दुई सम्प्रदायहरू बिच धेरै पटक भिडन्त हुने गर्दछ ।

लुथरको ईश्वरशास्त्रमा प्रगति

सन् १४८३, नोभेम्बर १० मा मार्टिन लुथर जर्मनको साक्सोनीमा एक धनीमानी व्यापारीको छोराको रुपमा जन्मेका थिए । तिनले कानुन पढे तर पछि सन् १५०५ तिर हुरी बतास तथा चट्टयाङको जोखिमपूर्ण ज्यान गुमाउने घटनाबाट बाँचेको अनुभवबाट उनलाई एक भिक्षु बन्न बाध्य गराएको थियो र सन् १५०७ मा उनी एक पुजारी भए पछि सन् १५१२ मा ईश्वरशास्त्रीय प्रोफेसर बन्न पुगे । यी सबै काम तथा कर्म गरेर उनलाई स्वर्ग जाने अन्धविश्वास थियो तर यसले पनि उनलाई सन्तुष्ट नदिएकोले अन्तमा बाइबलमा गहिरो खोजपछि उनले मुक्ति दिने उद्धारकर्ता ख्रीष्टको सत्यता पाउन सफल भए ।

लुथरको जीवनलाई परिवर्तन गर्ने बाइबलीय सत्यता

उनले प्रोफेसर हुन पाएको अवसरमा बाइबलबाट विश्वासद्वारा ख्रीष्ट येशूमा मात्र उद्धार र मुक्ति भएको पत्ता लगाएर रोमन क्योथोलिकको अबाइबलीय धर्मकर्म एक अन्धविश्वास रहेको भन्दै आफ्ना विद्यार्थीहरूलाई पनि शिक्षा दिन थाले । उनले बाइबलको “धर्मीजन चाहिँ विश्वासद्वारा बाँच्नेछ” भनेर मुक्ति मान्छेको कामबाट होइन तर येशूको अनुग्रहमा रहेको खुलासा गरी जनसाधारणमा साँचो बाइबलीय विश्वासको मार्ग खुलासा गरे । जसरी आफू लामो समयसम्म अन्धविश्वासमा जिएका थिए त्यसरी नै अरु त्यस्ता अन्धविश्वासमा नजिऊन् भन्ने हेतुले आफ्नो ज्यानको बाजी ठोकेर १८ फेब्रुअरी १५४६ मा उनले आफ्नो मृत्यु नहोउन्जेल बाइबलीय सत्यतालाई बिना डर प्रचार गरे अनि सुधारको अभियानमा लागि रहे ।

लुथरको जनसाधारणमा बाइबललाई उपलब्ध गराउने योगदान

लुथरको जमानामा बाइबल एकदम महङ्गो हुने गथ्र्यो र जनसाधरणलाई पढ्न अनुमति थिएन । त्यो समयमा बाइबललाई हातले लेखिने भएकोले यसको प्रति निकै कम हुने गथ्र्यो । धनी वर्गहरूसँग मात्र बाइबलको पहुँच थियो तर गरीब तथा अनपढ वर्गहरूले ल्याटिन, हिब्रू तथा ग्रीक बाइबल पढ्न सक्दैन थिए । पछिबाट लुथरले हिबू्र र ग्रीक बाइबललाई जर्मन भाषामा उल्था गरेर गोटेनबर्गमा आविष्कार भएको छाप्ने मेसिनबाट छापी जर्मनको सबै जनसाधरणको स्थानीय भाषामा उपलब्ध गराए । उनीबाट प्रभावित भएर विलियम टिन्डेलले बाइबललाई अंग्रेजीमा उल्था गरे, त्यस पछि इतिहास रचियो । अहिले बाइबल जो कोहिले पनि पढ्न सक्छ र यो बाइबल सबैभन्दा बढी भाषामा उल्था भएर बिक्री भएको किताब हो । यो एकदम महङ्गोेदेखि लिएर सित्तैमा पनि पाइने भएकोले सबैको प्रिय किताब भएर मानिसहरूको जीवनलाई परिवर्तन गर्दैछ ।

लुथरले सुधारेका अन्धविश्वासका प्रचलनहरू

लुथरको जमानामा पुजाहारीहरूले बाइबललाई विश्वास नगरी दुरुपयोग गर्दै मानिसहरूको परम्परा, शिक्षा र अन्धविश्वासलाई समावेश गरी सर्वसाधारणको आँखामा छल गरी ठग्ने काम भइरहेको थियो । मुक्ति तथा क्षमा पाउन विभिन्न चर्चहरू तथा ठाउँमा तीर्थ यात्रा जाने नीतिको प्रचलन थियो । पाप गरेपछि पर्गटोरीमा पुग्ने तर पैसा दिएर त्यसबाट मुक्त हुने प्रावधानको गलत शिक्षाको बोझ जनताहरूले भोग्नु परेको थियो । पुजाहारीले क्षमाको प्रमाणपत्र पनि बनाएर जनताको पाप क्षमा भएको झुटो अभ्यासहरू गरियो । बाइबल सर्वसाधरणले पढ्न निषेध थियो । मरियम तथा स्वर्गदूतलाई पूजा गरी समस्याहरू हल गर्न सिकाइन्थ्यो । यसरी मानिसहरू ख्रीष्ट र बाइबल केन्द्रित हुनु भन्दा पनि पुजाहारीको झुटो शिक्षा र परम्परामा अल्झेका थिए । तर लुथरले यी सबै अन्धविश्वास तथा प्रचलनहरू विरुद्ध आवाज उठाई जनताको आँखा खोलेर बाइबलीय शिक्षा र ख्रीष्ट केन्द्रित हुन मद्दत गरे । धर्मकर्म होइन तर ख्रीष्टमा विश्वास र परमेश्वरको अनुग्रहले मात्र मुक्ति हासिल हुने सत्यताको शिक्षा फैलाए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...