२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सुसमाचारका एक महान हस्तीको निधन

काठमाडौं । क्राइस्ट फर अल नेसन्स्का संस्थापक, विश्व प्रख्यात जर्मन प्रचारक रेनहर्ड बोन्के ७९ वर्षको उमेरमा २०१९ डिसेम्बर ७ तारिखका दिन प्रभुमा सुतेका छन् ।

युवा अवस्थामा नै प्रभुबाट बिशेषगरी अफ्रिका महादेशमा प्रचार गर्ने बोलावट पाएका बोन्केले सेवा अवधिभर करिब ८ करोड मानिसहरूलाई प्रभुमा डोर्याएको उनको संस्थाले दाबी गरेको छ । अफ्रिकाको विल्ली ग्राहाम भनेर चिनिने उनको एउटै क्रुसेडमा २०औं लाख मानिसहरू सहभागी हुन्थे र हजारौं मानिसहरूले चङ्गाई पाउँथे । यो भन्न अत्युक्ति हुँदैन कि उनले एउटा सिङ्गै महादेशलाई नै परिवर्तन गरेका छन् ।

चालिस भन्दा बढी किताब लेखेका उनले आफ्नो समाथिस्थलमा ‘उसले ख्रीष्टलाई प्रचार गर्याे भन्ने वाक्य लेख्न आग्रह गरेका थिए । करोडौ मानिसहरूलाई प्रभुमा डोर्याएर अरबौं मानिसहरूलाई उत्साहित बनाउने बोन्केलाई मानिसहरूले धेरै पछिसम्म सम्झिरहने छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...