२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघका सद्भावदूतहरूको पहिलो शिखर सम्मेलन हङकङमा सम्पन्न

२०७६ कात्तिक २५ गते, काठमाडौं । पा. निमा घिसिङको नेतृत्वमा ५ सदस्य प्रवासी तथा गैह्र आवसीय समन्वय विभागको समिति गठन तथा महादेशीय प्रमुख तथा विभिन्न राष्ट्रहरूमा आफ्ना सद्भावदूतहरूको मनोनयन गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सद्भावदूतहरूको पहिलो शिखर सम्मेलन आज हङकङमा सम्पन्न भएको छ ।


नवनियुक्त प्रवासी तथा गैह्र आवसीय विभागका सदस्य तथा महादेशीय प्रमुखहरूमा सह–प्रमुख तथा उत्तर अमेरिकाका प्रमुखमा पा.डा. प्रकाश मेघी गुरुङ, सचिव तथा एसियाका प्रमुखमा पा. राजु बराईली, कोषाध्यक्ष तथा अष्ट्रेलियाका प्रमुखमा मुना पाण्डे र सदस्य तथा युरोप प्रमुखमा रेभ.डा. डम्बर अधिकारीलाई चयन गरेको छ भने विभिन्न देशहरूका लागि सद्भावदूतहरू पनि मनोनयन गरेको छ ।


सद्भावदूतहरूको शिखर सम्मेलनको समापन समारोहमा हङकङका लागि नेपाली महाबाणिज्यदूत श्री कमल प्रसाद भट्टराई प्रमुख अतिथि तथा सिडर फण्ड हङकङका कार्यकारी प्रमुख डा. रेमण्ड विशेष अतिथि हुनुहुन्थ्यो । महासंघले विश्वका विभिन्न राष्ट्रका व्यक्तित्वहरूलाई भेला गराई आफ्नो देश र समुदायको हित तथा भलाईका लागि चिन्तन मनन गरेकोमा महाबाणिज्यदूत श्री कमल प्रसाद भट्टराईले खुशी व्यक्त गर्दै नवगठित प्रवासी तथा गैह्र आवसीय समन्वय विभागको समितिका सदस्यहरूका साथै सद्भावदूतहरूलाई प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो । सिडर फण्ड हङकङका कार्यकारी प्रमुख डा. रेमण्डले प्रभु येशूले १२ जना अगुवा निर्माण गर्नुभएको प्रसङ्ग सुनाउँदै अहिलेको खाँचो यहि रहेकोमा जोड दिनु भएको थियो ।


नवगठित समितिले आगामी सन् २०२० का लागि महादेशीय बैठकहरू गरी अन्य धेरै भन्दा धेरै राष्ट्रहरूका लागि सद्भावदूतहरू मनोनयन गर्ने र नेपाली भाषी मण्डलीहरूको लागि एक सशक्त आवाज बनी नेपाली भाषी मण्डलीहरूको समस्याहरूलाई अन्तर्राष्ट्रिय स्तरबाट समेत समाधानको लागि पहल गर्ने गरी कार्ययोजना बनाएको जनाइएको छ ।


गत नोभेम्बर ८ तारिखदेखि हङकङमा शुरु भएको महासंघका सद्भावदूतहरूको यस शिखर सम्मेलनलाई नेपाली ख्रीष्टियन परिषद् हङकङले होष्ट गरेको थियो भने त्यस परिषदमा आबद्ध मण्डलीहरूसँग यस शिखर सम्मेलनका सहभागीहरूको संयुक्त संगति हिजो नोभेम्बर १० तारिखका दिन भएको थियो ।


उक्त शिखर सम्मेलनमा अध्यक्ष सि.बि. गहतराज, वरिष्ठ सहअध्यक्ष रेभ.फिलेमोन क्षेत्री, प्रपेसर डा. थोर स्टेडिन्यस, पा. निमा घिसिङ, पा.डा. मनोज श्रेष्ठ, महासंघका कानुनी सल्लाहकार अधिवक्ता बुद्ध घिसिङ तथा उपमहासचिव पा. धनराज घिमिरेले विभिन्न विषयहरूमाथि प्रकाश पार्नु भएको थियो । त्यसैगरी सहभागी प्रतिनिधिहरूले सम्बन्धित देशमा भइरहेको सेवा कार्य, नेपाली भाषी मण्डलीहरूको अवस्था तथा चुनौतीहरू बताउँदै महासंघका लागि महत्वपूर्ण सुझावहरू समेत दिनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...