२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एडोन रोंगोंग जीवनका विविध आयाम नामक पुस्तक विमोचन

२०७६ असोज २९ गते, ललितपुर । ललितपुरको सानेपास्थित आराधना चर्चमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका पूर्व राष्ट्रिय निर्देशक रेभ. एडोन रोंगोंगको जीवनीमा आधारित एडोन रोंगोंग जीवनका विविध आयामहरू नामक पुस्तक हिजो एक समारोहकाबिच विमोचन गरिएको छ ।


एनसिएफ नेपालको ६०औं वार्षिकोत्सवको अवसर पारेर हिजो साँझ आराधना चर्चमा आयोजित विमोचन समारोहमा एनसिएफ नेपालको निमन्त्रणामा पहिलोपल्ट नेपाल आउनुभएका वल्ड इभाञ्जेलिकल एलायन्सका महासचिव इफ्राइम टेन्डेरोले उक्त पुस्तकलाई प्रार्थना गरेर विमोचन गर्नु भएको थियो । एनसिएफ नेपालका अध्यक्ष हनोक तामाङले रेभ. एडोन रोंगोंगले क्याम्पस क्रुसेड फर क्राइष्ट नेपालको प्रमुख भएर र जीवनका ६० वर्षसम्म नेपालमा रहेर नेपालीहरूमाझ पु¥याउनु भएको सेवकाइको योगदानको चर्चा गर्दै रेभ. एडोन रोंगोंगले नेपालमा चेलापन तथा अगुवापनमा व्यक्तिहरू निमार्ण गर्नु भएको कुरा राख्नुभएको थियो ।


कमल विएनले लेख्नु भएको सो पुस्तक विमोचन कार्यक्रममा एनसिएफ नेपालका महासचिव तथा साहित्यकार शेर एसीले पुस्तकका बारेमा समालोचना गर्नु भएको थियो भने लेखक कमल बिएनले यस पुस्तक लेख्दाको आफ्नो अनुभव बताउनु भएको थियो । सो कार्यक्रममा एडोन रोंगोंगले आफ्ना केहि अनुभुतिहरू राख्नु भएको थियो । पुस्तक प्रकाशकका तर्फबाट एकता बुक्सका प्रमुख रामचन्द्र तिमोथीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै एडोन रोंगोंगका बारेमा पुस्तक प्रकाशन गर्नु एकता बुक्सको लागि ठूलो अवसर भएको कुरा बताउनु भयो ।


सुभेक्षा तिमोथीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा रेभ. फिलेमोन क्षेत्रीले शुरुको प्रार्थनामा अगुवाई गर्नुभएको थियो । एमुनार्क समुहले आराधनामा अगुवाई गरेको सो कार्यक्रमको अन्त्यमा अन्तिम तथा आशिषको प्रार्थना डा. मंगलमान महर्जनले गर्नु भएको थियो ।
नेपालमा लामो समयसम्म सेवकाइ गर्नुभएका एडोन रोंगोंग पछिल्लो केही वर्ष यता भारतको सिलगुडीमा आफ्नी श्रीमतीका साथमा बस्दै आउनु भएको छ । उहाँ विभावना पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुनुहुन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...