२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

इस्राएलको संयुक्त नेपाली मण्डलीमा आत्मिकी सम्मेलन सम्पन्न

२३ अगष्ट २०१९, काठमाडौं । इस्राएलको तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीको आयोजनामा दुई दिने आत्मिक जागृति सम्मेलन हालै सम्पन्न भएको छ ।


सो दुई दिने आत्मिक सम्मेलन यहि अगष्ट १६ र १७ तारिखका दिन इस्राएलको तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीमा निकै आशिषमय तरिकाले सम्पन्न भएको खबर प्राप्त भएको हो । सो दुई दिने आत्मिक जागृति सम्मेलनमा प्रमुख अतिथिका साथै प्रमुख वक्ताको रुपमा नेपालबाट जानु भएका लेखक तथा पास्टर लाजरस थुलुङ र पास्टर डोमा राई हुनुहुन्थ्यो । उहाँहरूले दुई दिनसम्म बाइबल धर्मशास्त्रबाट विभिन्न विषयमा उत्साहित वचन बोल्नु भएको थियो ।


संयुक्त नेपाली मण्डलीका पास्टर माया सुनुवारले सो सम्मेलन निकै आशिषमय तरिकाले सम्पन्न भएको र सो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रबाट साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिंदै आभारी भएको कुरा बताउनु भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...