२०८१ बैशाख १६, आइतवार
2024 April 28, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बाबुराजा महर्जनको ‘आराधनाको मधुर समय’ गीति एल्बम विमोचन

काठमाडौं, २९ असार ०७६ । संगीतकार तथा गीतकार बाबुराजा महर्जनको आराधनाको मधुर समय नामक दोस्रो गीति एल्बम साहित्यकार लोकनाथ मनेनको प्रमुख आतिथ्यमा विमोचन भएको छ ।

हिजो असार २८ गते शनिबारका दिन कलंकीस्थित अनुभव पार्टी प्यालेसमा आयोजित समारोहमा प्रमुख अतिथि साहित्यकार लोकनाथ मनेन, पास्टर राजु क्षेत्री, एनसीएफ नेपालका महासचिव शेर ए.सी. र पास्टर राजु सुन्दासले संयुक्त रुपमा उक्त एल्बम विमोचन गर्नु भएको हो ।


सो एल्बम विमोचन समारोहमा साहित्यकार लोकनाथ मनेन, पास्टर राजु क्षेत्री, पास्टर राजु सुन्दास, एनसीएफ नेपालका महासचिव शेर ए.सी. र गायिका धनुषा घले लगायतहरूले हालै विमोचन गरिएको एल्बमका सम्वन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।


सो एल्बममा आठ वटा गीतहरू समावेश छन् । एल्बमका गीतहरूमा बाबुराजा महर्जन र सुनिता श्रेष्ठले आवाज दिनु भएको छ । बाबुराजा महर्जनको यो दोस्रो एल्बम हो । दुई दशक अघि उहाँले साथसाथ नामक एल्बम ल्याउनु भएको थियो । उहाँका दर्जन भन्दा वढी ख्रीष्टिय गीतहरू निकै लोकप्रिय छन् । आराधनाको मधुर समय नामक यस एल्बमका गीतहरू प्रायः सुगम संगीत र सेमी क्लासिकल शैलीका छन् ।


बाक्लो रुपमा सहभागिता रहेको सो विमोचन समारोहमा बाबुराजा महर्जन र गायिका सुनिता श्रेष्ठले विमोचन गरिएको आराधनाको मधुर समय नामक एल्बममा समावेश भएको गीत गाएर सहभागीहरूलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । यस एल्बमको मुल्य भिडियो सहित ८ जिबी पेनड्राइभको रु. ५००/- र १६ जिबी पेनड्राइभको रु. ८००/- राखिएको छ भने नजिकको ख्रीष्टियन बुक सप तथा गायक बाबुराजा महर्जन लगायतलाई सम्पर्क गरेर किन्न सकिने जनाइएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...